त्रिवेणि को साधारणसभा सम्पन्न

४ पुस , बाबियाचौर सुर्खेत ।
त्रिबेणी समबिकाश बचत तथा ऋण सहकारी संस्था लि पञ्चपुरी ५ को १२ औ बार्षिक चुनावी साधारणसभा बाबियाचौरमा सम्पन्न भएको छ । सहकारीको आर्थिक बर्ष २०७५ ।०७६ को ७६ लाख ९४ हजार ७९ रुपैया ७० पैसा बराबरको आय ब्यय सहकारी का कोषाध्यक्ष कृपाराम थापाले प्रस्तुत गर्नुभएको छ । ४ सय भन्दा बढि शेयर सदस्य रहेको सहकारीले बचत ऋण परिचालन गर्दै आएको छ । कार्यक्रम का प्रमुख अतिथी पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र बहादुर थापाले सहकारीको सफलताको शुभकामना ब्यक्त गर्नुभएको छ । साथै उहाले समान प्रकृतिका सहकारी मर्ज गरि उत्पादन तथा पशुपालन को क्षेत्रमा लगानी गर्नु पर्ने बताउनु भयको छ । सहकारी का सबै सदस्य हरुले सहकारी को बिकासका लागि शेयर मा थप लगानी गर्न समेत आग्रह गर्नुभएको छ ।
साधारणसभाले चन्द्रबहादुर रावतको अध्यक्षता मा ११ सदस्यीय नया कार्यसमिति समेत गठन गरेको छ । जसको उपाध्यक्ष मा मान बहादुर बुढा सचिव प्रेम बिस्ट कोषाध्यक्ष कृपा थापा रहनुभएको छ । त्यस्तै गरि सदस्य मा पार्बती सापकोटा, धनिराम भाट, राजाराम गिरी, हजुरा शाही, प्रेम सुनार, किसिम सिजापती र तेज बहादुर रेगामी लाई चयन गरिएको छ । भेला ले टेक बहादुर बि सि को संयोजकत्वमा लेखा समिति गठन गरेको छ । जसको सदस्य मा कमला पौडेल र कृष्णा देबि तिमिल्सिना रहनुभएको छ । कार्यक्रममा जिवन ढुंगाना, टिकाराम खराल, गोबिन्द अधिकारी लगाएतका अतिथीले सहकारीको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो । प्रेमबहादुर बिष्टले ले संचालन गरेको कार्यक्रम सहकारी का अध्यक्ष चन्द्र रावत को अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *