३ महिने ढाका बुनाइ तालिम बाबियाचौरमा सम्पन्न ।

(डाडादरा एफएम ) ६ पौष, बाबियाचौर( सुर्खेत ।।
पञ्चपुरी नगरपालिका को सहयोग तथा एकता फाउण्डेसनको सहजिकरणमा दोस्रो चरणको ३ महिने ढाका बुनाई तालिम आइतबार बाबियाचौरमा सम्पन्न भएको छ । नेपाल जिबिकोपार्जन तथा उत्थानशिल परियोजाना अन्तरगत पञ्चपुरी नगरपालिका भित्रका ६ जना महिलाहरुलाई तालिम दिईएको नगरपालिका ले जनाएको छ । नगरपालिका ले दिएको तालिम प्रभाबकारी भएको र अब आफुले ब्यवसाय गर्ने तालिम का सहभागी ले बताएका छन ।
कार्यक्रम को प्रमुख अतिथि का रुपमा बोल्दै पञ्चपुरी नगरपालिका का प्रमुख उपेन्द्रबहादुर थापाले उद्यमीले सामाग्री उत्पादन गरेमा नगरपालिकाले ब्यवस्थापन र खरिद गरिदिने बताउनुभएको छ । कारितास नेपालका क्षेत्रिय ब्यवस्थापक जनक शर्माले ढाका उद्योग र अर्गानिक खाद्य संकलन केन्द्रको ब्यवस्थापनका लागि पहल भैरहेको बताउनुभएको छ । तालिम लिएका उद्यमिहरुले लगनशिल भएर कामलाइ निरन्तरता दिन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा नं ६ का अध्यक्ष खड्क बहादुर थापाले सहभागिले उत्पादन गरेका सामाग्रि देख्दा आफुलाइ खुसी लागेको र यसको लागि वडा स्तरवाट आबश्यक सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नभएको छ । यता एकता फाउण्डेशनका दुर्गा घर्तिले संस्थाको काममा नगरपालिका ले गरेकाे सहयागेको प्रशंसा गर्दै कार्यक्रमको बारेमा जानकारी दिनुभएको हो । कार्यक्रमको समापन गर्दै पञ्चपुरी नगरपालिका का उप प्रमुख मुक्ति रेग्मीले आगामी दिनमा पञ्चपुरी का महिलाहरुको लागि आर्थिक बिकास का लागि बजेट बिनियोजन गर्ने समेत बताउनुभएको छ । तालिम लिनु  मात्रै उपलब्धी नभई तालिम को सिपलाई ब्यवहार मा प्रयोग गर्न आग्रह समेत गर्नुभएको छ । तालिममा जनप्रतिनिधी, युवा समुह, प्रहरी, उद्योग बाणिज्य संघ, महिला संजाल लगाएत का सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *