सामाजिक परिक्षण कार्यक्रम सम्पन्न ।

(डाडादरा एफएम ) १० पाैष, बाबियाचाैर- सुर्खेत ।।

महिला र बालबालिकाहरू लाई न्याय मा पहुच का लागि संयन्त्र , संरचनाको सहजीकरण कार्यक्रम अन्तरगत सामाजिक परिक्षण कार्यक्रम अाज बाबियाचाैरमा सम्पन्न भएको छ । टि डि एच जर्मनि र ए इ आई एन लगजम्बर र आवाज संस्थाकाे अायाेजनामा पञ्चपुरी काे ५ बाबियाचाैरमा कार्यक्रम गरिएको हाे । कार्यक्रम मा अावाज संस्थाले सन २०१९ मा संचालन गरेका क्रियाकलापको छलफल, समिक्षा, चुनाैती र सुझाब समेत संकलन गरिएको हो । अावाज संस्थाले पञ्चपुरी नगरपालिकाको १ देखि ६ वडा सम्म कार्यक्रम सञ्चालन गर्दै अाएकाे छ । कार्यक्रम मा लक्षित बर्गले यस अगाडि गरेका कार्यक्रमकाे छलफल समेत गरिएको छ । छलफल का सहभागी हरुले अावाज संस्थाले गरेकाे काम प्रभावकारी भएको र यसलाई निरन्तरता दिन अाग्रह गरेका छन । संस्था ले ब्युटिपार्लर ,चुरा बनाउने तालिम , ब्रोइलर पालन ,हाउस वाईरिङ को तालिम दिएपछि अाम्दानी बढेकाे पाईएकाे छ । कार्यक्रम मा अावाज संस्थाका सुशील कार्की र निशा पाैडेल ले सहजिकरण गर्नुभएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *