पञ्चपुरी ४ का जेष्ठ नागरिकले भने “ सरकार दैलोमा आयो “

( डाडादरा एफएम ) २५ पौष,सुर्खेत ।
पञ्चपुरी नगरपालिका वडा नं ४ द्वारा जेष्ठ नागरिक हरुलाई बिहिबार एक कार्यक्रम का बिच सम्मान गरेको । वडा भित्र रहेका ७० बर्ष माथिका जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण गरेको हो । चिसो मौसमलाई मध्य नजर गर्दै ९८ जना जेष्ठ नागरिकलाइ कपडा बितरण गरिएको वडा अध्यक्ष प्रेम बहादुर शाहीले जानकारी दिनुभएको छ ।
सम्मान कार्यक्रम मा बोल्दै पञ्चपुरी नगरपालिका का प्रमुख उपेन्द्र बहादुर थापाले जेष्ठ नागरिक लाई सबैले सम्मानित दृष्टिकोणले हेर्नुपर्ने बताउनुभयो । अहिले को पुस्ताले जेष्ठ नागरिक बाट धेरै कुरा सिक्न जरुरी रहेको बताउदै थापाले आफ्नो आमा बुवाको हेरचाह र उचित पालनपोषण गर्न सबैलाई आग्रह समेत गर्नुभएको छ । कार्यक्रम मा वडा अध्यक्ष शाहीले आफुले बिगत देखि नै जेष्ठ नागरिक लाई सम्मान गर्ने कार्यक्रम गर्दै आएको र आगामि दिनमा जेष्ठ नागरिक का लागि अन्य कार्यक्रम समेत संचालन गर्ने बताउनुभएको छ ।
न्यानो कपडा पाएकोमा खुसी हुदै वडा नं ४ कि जेष्ठ नागरिक मनकुमारी कठायतले सरकार घरमै आएको जस्तो महसुस गरेको बताउनुभयो । ७८ बर्षिया कठायतले पहिले कुनै पनि निकायवाट सम्मान नपाएको र वडा कार्यालय हुदा निरन्तर सहयोग पाएको समेत जानकारी दिनुभएको छ । सम्मान लिन छुटेका जेष्ठ नागरिकलाई घरमै पुगेर सम्मान गर्ने वडा कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *