नेपाली काङ्ग्रेस टोल नं ४ को सभापतीमा थिमन शाही

(डाडादरा एफएम ) २७ पौष, सुर्खेत ।
नेपाली काग्रेस पञ्चपुरी नगरपालिका वडा नं ५ अन्तरगत टोल नं ४ को टोल भेला आज सम्पन्न भएकोे छ । भेलाले टोल नं ४ मा थिमन शाहिलाइ सभापति मा चयन गरेको छ । त्यस्तै उप सभापती मा निर्मला बयक सचिवमा महेन्द्र अर्याल, तप्त रिमाल, कोषध्यक्षमा धुर्ब कुमारी थापा रहेका छन । त्यस्तै सदस्यहरुमा सृजना थापा, पाना सोडारी, कमला ढुंगाना, दुर्गा बयक, सुर्य सागर शाही र लाहुरे कार्की रहेका छन । त्यसै गरी महिला संघ को सभापति नन्दा बयक, उपसभापतिमा देवकी रावत, सचविमा मनसरा देबी बज्गाइ, चन्द्रा शाही, कोषध्यक्ष जानकी थापा र सदस्यमा कृष्णा कार्की बसन्ता बयक ,श्यामकला थापा मन्सरा थापा रहेका छन ।
भेलाले जनक थापालाइ तरुण दलको अध्यक्षमा चयन गरेको सचिव महेन्द्र अर्यालले जानकारी दिनुभएको छ । भेलामा  क्षेत्रीय सभापति लालविर भण्डारी,नेपाली काङ्ग्रेस प्रदेश नं २ ख का सभापति कृपाराम थापा, जिल्ला कार्य समिति सदस्य रुपेन्द्र यादव,  ,ट्रेड युनियन कांग्रेस कर्णाली प्रदेश सदस्य नारायण खरेल, पञ्चपुरी नगर कार्यसमिति सभापति नरेन्द्र शाही लगाएतका नेताहरुले विभिन्न कमिटीको जिम्मेवारी सम्हाल्नु भएका कार्यकर्ताहरुलाई सफल कार्यकालको शुभकामना समेत दिनुभएको छ । नेपाली काङ्ग्रेस ले पछिल्लो चरणमा संगठन बिस्तार को कामलाई अगाडि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *