(डाडादरा एफएम) २९ पौष, सुर्खेत ।
मगरहरुको महान राष्ट्रिय पर्व माघे सक्रान्ती भब्य रुपमा सफल पारौ, ईतिहास भाषा सस्कृतिको संरक्षण र सम्बर्द्धनमा लागौ, भन्ने उद्देश्य का साथ तेस्रो माघे सक्रान्ती मेला आज देखि बाबियाचौरमा सुरु भएको छ । २ दिन सम्म संचालन हुने मेला मा स्थानीय तथा राष्ट्रिय कलाकार को प्रस्तुति रहने आयोजक ले जनाएको छ । नेपाल मगर संघ नगर कार्यसमिति पञ्चपुरीको आयोजनामा भएको मेलामा विभिन्न खेल समेत संचालन भएका छन । मंगलबार मेला को उद्घाटन गर्दै पञ्चपुरी नगरपालिका का कार्यबाहक अध्यक्ष खड्कबहादुर थापाले मगर हरुले आफ्नो कला सस्कृति तथा रितिरिवाज को जगेर्ना गर्न आबश्यक रहेको बताउनुभएको छ ।
साथै मगर भाषा संरक्षण का लागि वडा स्तरवाट आफुले बजेट बिनियोजन गरेको र यसका लागि सबै को साथ हुन जरुरी रहेको समेत जोड दिनुभएको छ । मेलामा मगर सस्कृति झल्काउने विभिन्न नृत्य समेत प्रस्तुत गरिएको छ । मेलाको उद्घाटन शत्र नेपाल मगर संघ नगर कार्यसमिति पञ्चपुरीका अध्यक्ष डिलबहादुर मर्साङ्गीको अध्यक्षतामा सम्पन्न भएको हो ।