साधारणसभा सम्पन्न ।

(डाडादरा एफएम ) ११ माघ सुर्खेत ।

ताउले कृषि तथा पशुपालन सहकारी संस्था लि. पञ्चपुरी ११ काे ७ अाैं बार्षिक साधारणसभा अाज सम्पन्न भएको छ । सहकारीकाे अाब २०७५/०७६ काे ११ लाख १३ हजार ८ सय ९८ रुपैयाँको अाय ब्यय संस्था का ब्यवस्थापक रमेश भण्डारीले प्रस्तुत गर्नुभएको छ । साधारणसभा मा पञ्चपुरी नगरपालिका वडा नं ११ का वडा अध्यक्ष दिपराज जैसीले सहकारी ले बचत ऋणको काराेवाराे मात्रै नभई कृषि र पशुपालन काे क्षेत्रमा काम गर्न सुझाव दिनुभएको छ । साथै उहाले सहकारीको ऐनकाे परिधिभित्र रहेर अाफुले वडाको तर्फबाट अाबश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएकाे छ । साधारणसभाका विशेष अतिथि नेकपा कर्णाली प्रदेश सदस्य धनबहादुर बिक ले सहकारी का सदस्य हरु सक्रियता साथ लाग्न सकेमा सहकारीको बिकास हुने बताउनुभएको छ । सहकारीको नाममा धेरै सदस्य हरु ऋणकाे मारमा पर्ने गरेकाे हुदा अाबश्यकता अनुसार ऋणको काराेवाराे गर्न सदस्य हरुलाई सुझाव दिनुभएको छ । कार्यक्रम का प्रमुख अतिथि पञ्चपुरी नगरपालिका का प्रमुख उपेन्द्र बहादुर थापाले सहकारी ले गरेकाे काम काे प्रशंसा गर्दै सबै जनाले सहकारी मा बचत गर्न अाबश्यक रहेको बताउनुभएको छ । ब्यक्ति काे अार्थिक अाम्दानि गर्न ब्यवसाय नै उपयुक्त रहेकाे बताउनुभयो । तातापानीका नागरिक काे अार्थिक बिकासका लागि कृषि संग सम्बन्धित कार्यक्रम ल्याउने मा जाेड दिनुभएको छ । सहकारी का मर्म अनुसार शेयर सदस्य हरुले अाम्दानी र ब्यवसाय गर्न मात्रै ऋण लिन समेत अाग्रह गर्नुभएको छ । सहकारीका सदस्य कमला भण्डारीकाे स्वागत मन्तब्य सहित साधारणसभा सहकारीका अध्यक्ष नरेन्द्र बहादुर सिंहकाे अध्यक्षतामा सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *