सरस्वती मन्दिर निर्माण सम्पन्न ।

(डाडादरा एफएम) १६, माघ सुर्खेत ।
श्रीपञ्चमी को अवसरमा जनता माद्यामिक बिद्यालय पञ्चपुरी ९ मा निर्माण गरिएको सरस्वती को मन्दिर उद्घाटन गरिएको छ । नगरशिक्षा शाखा पञ्चपुरी को १ लाख बिद्यालयको १ लाख गरि करिब २ लाखमा मन्दिर निर्माण गरिएको निर्माण उपभोक्ता समिति का अध्यक्ष डिल्लीराम घिमिरेले जानकारी दिनुभएको छ ।
मन्दिरमा चौकुने २ लगामका पुस्कल पौडेल ले १८ हजार मुल्य बराबरको सरस्वतीको मुर्ति हस्तान्तरण गर्नुभएको छ । बिद्यालय ले खड्क बिक, डिल्लीराम घिमिरेले र पुस्कल पौडेललाइ सम्मान समेत गरेको छ । मन्दिर पञ्चपुरी नगरपालिका का प्रमुख उपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *