(डाडादरा एफएम) २८ माघ, सुर्खेत ।
स्वास्थ्य का लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने उद्देश्यका साथ पञ्चपुरी नगरपालिका स्तरीय १२ औ राष्ट्रपति कप छनौट प्रतियोगिता सम्पनन भएको छन । बिद्याज्योती माद्यामिक बिद्यालय बाबियाचौरको आयोजनामा भएको खेलमा नगरपालिका अन्तरगतका ९ ओटा सामुदायिक र ३ ओटा संस्थागत बिद्यालय को सहभागीता रहेको थियो । माघ २५ गते देखी संचालन भएकोे छनौट खेलमा एथलेटिक्स, भलिबल, कबड्डी लगाएत का खेल को प्रतियोगीता भएको आयोजकले जनाएको छ ।
३ दिन सम्म संचालन भएको खेलमा बिद्याज्योती माद्यामिक बिद्यालय बाबियाचौर १२ स्वर्ण १० रजत र ५ कास्य सहित प्रथम, सुर्यप्रकाश माद्यामिक बिद्यालय पलैटे ९ स्वर्ण १२ रजत र ३ कास्य सहित दोस्रो र जनसृजना माद्यामिक बिद्यालय तातापानी ५ स्वर्ण २ रजत र २ कास्य सहित तेस्रो र जनता माद्यामिक बिद्यालय ३ स्वर्ण सहित सान्त्वना भएको छ । कार्यक्रम को समापन शत्रमा बोल्दै पञ्चपुरी नगरपालिका का प्रमुख उपेन्द्र बहादुर थापाले खेलाडीलाई बधाई दिनुका साथै जिल्ला स्तरीय खेलमा सफलता को शुभकामना समेत ब्यक्त गर्नुभएको छ । छनौट खेलको शिल्ड बिद्याज्योती माद्यामिक बिद्यालय बाबियाचौरले हात पारेको छ ।