कौशिला लाइ भेट्न गाउमै पुगिन देबकी

(डाडादरा एफएम) ८ फागुन, सुर्खेत ।
सरस्वती बिद्या निकेतन बोर्डिङ्ग स्कुल बाबियाचौरले अस्ट्रेलिया बाट आउनुभएका देबकी थापालाई स्वागत गरेको छ । कौशिला लाइ भेट्न गाउमै पुगेकी देबकी लाइ बिद्यालयले स्वागत गरेको हो । बिद्यालय मा अध्ययन गर्दै गरेकी पञ्चपुरी ५ मुरमुरी कि क्यान्सर बाट बुवा गुमाएकी कौशिला सुनारलाई पढाइमा सहयोग गरिएको छ । कक्षा ३ मा अध्यरत छात्रा लाई निरन्तर सहयोग गर्ने सहयोगी देबकि थापाले बताउनुभएको छ । थापाले आफ्नो बुवा पनि क्यान्सर पिडित भएको र आफुले पनि त्यस्तै पिडाको अनुभूति गर्दै सहयोग गरेको बताउनुभएको छ । अनुगमन गर्दा बिद्यालय र इन्द्रेणी समाजले गरेको सहयोगले छात्राको भबिष्य निर्माणमा थप सहयोग हुनेमा आmु आशावादि भएको बताउनुभयो । स्वागत गर्दै सरस्वती बोर्डिङ्ग स्कुलका संस्थापक कबिराम पुरीले बिद्यालयले बालबालिका हरुको पढाइको गुणस्तर र भौतिक निर्माणका काममा जुटेका बताउनुभएको छ ।

त्यस्तै बिद्यालय का प्रिन्सिपल दुर्गा चौलागाई ले कौशिलाको पढाइका लागि बिद्यालय बाट पनि पहल र सहयोग गरेको बताउनुभयो । सहयोगी देबकि लाई धन्यवाद दिदै चौलागाईले आफुले आगामि दिनहरुमा अनाथ बालबालिका हरुको लागि योजना अघि बढाएको र २ बर्ष भित्र अनाथालय स्थापना गर्ने समेत बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *