मदन भण्डारी राजमार्ग संघर्ष समितिले ज्ञापनपत्र बुझायो

(डाडादरा एफएम) ११ फागुन, सुर्खेत ।
मदन भण्डारी राजमार्गका कारण सुरु भएको आन्दोलनको चौंथाे दिन संघर्षरत समितिले आइतबार नगरपालिका मा ज्ञापनपत्र बुझाएको छ । मदन भण्डारी राजमार्ग खम्मगाडे बावियाचौर हुँदै विद्यापुर जोड्नु पर्ने भन्दै १ मात्रै माग राख्दै यस क्षेत्रका नागरिकहरु आन्दोलनको शुरु गरेका हुन् । सुरु दिन देखी बाबियाचौर वजार र यातायात पुर्ण रुपमा बन्द भएको छ ।
आन्दोलन संघर्ष समिति का सचिव कबिराम पुरीले उचित क्षेतिपुर्ति सहित मदन भण्डारी राजमार्ग कायम गर्न तिनै तहका सरकारलाई अनुरोध गर्नभएको छ ।
ज्ञापन पत्र बुझ्दै पञ्चपुरी नगरपालिका का प्रमुख उपेन्द्र बहादुर थापाले स्थानिय निकायले बाटो कताबाट लैजाने भन्ने निर्णय गर्न नसकिने भन्दै नागरिक को आन्दोलनमा ऐक्यबद्धता जनाउदै थापाले आफुले पटकपटक प्रदेश सदस्य बिन्दमान बिष्ट र स्वास्थ्य राज्यमन्त्री नवराज रावत लाई यस बिषयमा जानकारी दिएको बताउनुभयो ।
डाडादरा एफएमले बाटो को बिषयमा स्वास्थ्य राज्यमन्त्री नवराज रावत संग कुरा गर्न खोज्दा यो बिषयमा आफुले प्रतिक्रिया दिन नचाहेको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *