भाईरल ज्वराे का कारण बिद्यालय बन्द ।

(डाडादरा एफएम ) १५ फागुन, सुर्खेत ।

जनज्योति अाधारभुत बिद्यालय पञ्चपुरी ६ मा भाईरल ज्वरोको कारण बिद्यार्थी हरु बिरामि परेका छन । २ सय भन्दा बढि बिद्यार्थीहरु रहेकाे बिद्यालय मा बिहिवार सम्म ६० जना बिरामी परेकाे बिद्यालय का प्रधानाध्यापक बुद्धि प्रसाद सापकोटाले जानकारी दिनुभएको छ । हाछ्यु अाउने, रुखाखाेकी लाग्ने र एक्कासि ज्वराे अाउने भएपछि बिद्यालय ले शुक्रबार स्थानीय बिदा समेत दिएकाे छ । बिहिवार स्वास्थ्य चाैकि बाबियाचाैर बाट गएकाे स्वास्थ्य कर्मि र जनप्रतिनिधि काे टाेलीले बिद्यार्थी र अभिभावक गरि ६५ जनाकाे स्वास्थ्य परिक्षण र अाैषधी बितरण गरेको छ । स्वास्थ्य परिक्षण गर्दा भाईरल ज्वराे भएको र नियन्त्रण नभएमा तत्काल स्वास्थ्य कर्मि गाउमा पुग्ने ब्यवस्था गरिएको स्वास्थ्य चाैकि बाबियाचाैरका ईन्चार्ज शिद्दराज रेग्मी ले बताउनुभएको छ । जनज्योति अाधारभुत बिद्यालय मा भावर, माल्लाफे, लाटिकाडा लगाएत खमारी का बिद्यार्थी हरु नियमित अध्ययन गर्न अाउने गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *