मदन भण्डारी राजमार्ग को मापदण्डअनुसार दुबै बाटो बनाउछु, राज्यमन्त्री रावत ।

(डाडादरा एफएम ) १६ फागुन, सुर्खेत ।
बिगत केही दिन देखि बिवादित बनेको मदन भण्डारी राजमार्ग को खम्बगाडे बिद्यापुर खण्ड को डिपिआर को काम सुरु हुने भएको छ । खम्बगाडे पलैटे, बराईचे, दुलालथाई बिद्यापुर जोड्नुपर्ने माग र खम्बगाडे शिबधाम बाबियाचौर माझिगाउ हुँदै बिद्यापुर जोड्नुपर्ने दुबै पक्षको माग सम्बोधन हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले शुक्रबार खम्बगाडे मा जम्मा भएका पञ्चपुरी का नागरिक लाई सम्बोधन गर्दै दुबै बाटो मदन भण्डारी राजमार्ग को मापदण्ड अनुसारको नै हुने बताउनुभयो ।
मदन भण्डारी राजमार्ग पलैटे हुँदै माथिल्लो बाटो भएर जाने र तल्लो बाटो सो सरहकै ५० मिटरको नै बनाउने बताउनुभयो । डिपिआर सहितको टोलि सहित पञ्चपुरी पुगेका राज्यमन्त्री रावतले बाटोको बिषयमा बिवादमा नआउन आग्रह गर्दै शुक्रबार नै खम्बगाडे शिबधाम बाबियाचौर माझिगाउ हुँदै बिद्यापुर जोड्ने सडक को डिपिआरको काम समेत शिलान्यास गर्नुभएको छ । मदन भण्डारी राजमार्गको काम सुरुवात संगै दुबै बाटो एकै साथ हुने भएको छ । रावत ले सडकको दायाँबायाँ गरि ५० मिटर फराकिलो बाटो हुने र यसै आर्थिक बर्षमा काम सुरु गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *