नगर बिपत ब्यवस्थापन काेषमा व्यापारी खरेलकाे सहयोग ।

४ बैशाख, बाबियाचाैर, सुर्खेत ।

काेराेना भाईरस राेकथाम तथा नियन्त्रण का लागि पञ्चपुरी नगरपालिका ले स्थापना गरेकाे राहत काेषमा सहयोग रकम जुट्न थालेकाे छ । बिहिबार पञ्चपुरी नगरपालिकामा रहेकाे खरेल जनरल स्टाेर्सले २७ हजार ९ सय बराबरको खाद्यान्न सहयोग गरेकाे छ । देशैभर लकडाउनले गर्दा ज्यालामजदुरी गरि जिबिकाेपार्जन गर्ने हरुका लागि राहत स्वरुप ३० किलाे बराबरको चामल १५ बोरा दाल ३० किलाे, तेल १५ लिटर नुन ३० किलाे प्रदान गरिएको स्टाेर्सका संचालक नारायण खरेलले बताउनुभएको छ । साथै उहाले अाफुले गरेकाे सहयोग जस्तै सबैले बिपत्तिमा सक्दाे सहयोग गर्न ब्यापारी हरुलाइ अाग्रह समेत गर्नुभएको छ । राहत सामाग्री नगरपालिका काे बिपत ब्यवस्थापन काेषमा जम्मा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *