एकता फाउन्डेसनद्वारा बिपत ब्यवस्थापन काेषमा खाद्यान्न सहयोग ।

५, बैशाख बाबियाचाैर,सुर्खेत ।

काेराेना भाईरस काेभिड १९ काे राेकथाम तथा नियन्त्रणका लागि पञ्चपुरी नगरपालिका काे बिपत ब्यवस्थापन काेषमा खाद्यान्न सहयाेग प्राप्त भएको छ । अस्ट्रेलियन एड कारितास अस्ट्रेलिया,कारितास नेपाल र एकता फाउन्डेसनको सहयोग मा ८५ हजार २० रुपैयाँ बराबरको ५२ घरपरिवालाइ चामल ३० केजी काे ४३ बाेरा १ क्विन्टल ४ किलाे दाल, १०४ लिटर तेल, १०४ प्याकेट नुन नगरपालिका लाई हस्तान्तरण गरिएको छ । नगरपालिका काे बिपत ब्यवस्थापन काेषमा जम्मा गरिएको खाद्यान्न केही दिनमा बितरण गर्ने नगरपालिका ले जनाएको छ ।

दैनिक ज्यालामजदुरी गरि घर परिवार काे गुजरा गरिरहेका परिवारलाई नगरपालिका ले राहत दिने निर्णय गरेकाे छ । वडा स्तरबाट बिपन्न तथा दैनिक ज्याला मजदुरी गरिरहेका परिवारकाे तथ्यांक संकलन भैरहेकाे र राहत बितरण काे तयारी गरिरहेकाे नगर प्रमुख उपेन्द्र बहादुर थापाले बताउनुभएको छ । थापाले काेराेना राेकथाम तथा नियन्त्रण का लागि नेपाल सरकार र स्थानीय निकायले बनाएका नीति निर्देशन लाई पालना गरि घरमै बस्न सबैलाई अाग्रह समेत गर्नुभएको छ ।

त्यसैगरी एकता फाउन्डेसनका कार्यकारी निर्देशक दुर्गा घर्तीले नगारपालिकामा पहिलाे चरणमा राहत सहयोग गरिएको र थप सहयोग का पहल भैरहेको समेत बताउनुभएको छ ।एकता फाउन्डेसन ले बिगत देखि पञ्चपुरी मा बालबालिका र युवाहरुका लागि काम गर्दै अाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *