समस्यामा परेका नागरिक गाउँ फर्काउने अभियानमा “पुर्ब सञ्चार राज्य मन्त्री बिष्ट”।

९ बैशाख, बाबियाचाैर सुर्खेत ।

काेराेना भाइरस ( काेभिड १९ ) काे जाेखिम बढिरहेका समयमा यतिबेला सबैकाे ध्यान अाफ्ना नगरिकलाई फर्काउने तिर देखिएकाे छ । पञ्चपुरी नगरपालिका ले विभिन्न कामले देशका विभिन्न ठाउमा रहेका अाफ्ना नागरिक हरुलाई नगरपालिका मा ल्याउन पहल गरेकाे छ । विभिन्न ठाउका पञ्चपुरी का नागरिक काे तथ्यांक संकलन गर्ने काम भैरहेकाे र घरमा अाउन चाहनेका लागि गाडिकाे ब्यवस्था गरी ल्याउने याेजना रहेकाे पञ्चपुरी नगरपालिका का प्रमुख उपेन्द्र बहादुर थापाले बताउनुभएको छ । नगरपालिका ले साेमबार सुचना प्रकाशन गरि समस्या मा रहेका र घर अाउन चाहनेले नगरपालिकाकाे सम्पर्कमा अाउन समेत अाग्रह गरेकाे छ । त्यसैगरी समुदायमा यश अघि सावुन बितरण गर्दै घरघरमा पुग्नुभएका पुर्ब संचार राज्य मन्त्री तप्त बिष्ट अहिले अाफ्नाे गाउँ भन्दा बाहिर समस्यामा रहेका नागरिकलाई गाउँ फर्काउन लागि पर्नुभएकाे छ ।

अहिले काठमाडौ बाट गाउँ फर्किनेका लागि तथ्यांक संकलन गर्ने काम भैरहेकाे छ । नेपाली काङ्ग्रेस का महाधिवेशन प्रतिनिधि तथा पुर्ब जिल्ला कार्यसमिति सदस्य कलम खत्रीले काठमाडौ मा पञ्चपुरीका नागरिक सम्पर्क मा अाउन अाग्रह गर्नुभएको हाे । साेमबार सम्म ५० भन्दा बढि नागरिकहरु अाफ्नाे सम्पर्कमा रहेकाे खत्रीले जानकारी दिनुभएको छ ।

उद्यपी काठमाडौं बाट अाउने नागरिक हरुलाई डाक्टर सहितको क्वारेन्टाइन मा अनिवार्य १४ दिन बस्नुपर्ने ब्यवस्था गरिएको छ । त्यस्तै पञ्चपुरी नगरपालिका ले लकडाउनले समस्या मा परेका दैनिक ज्यालामजदुरी गरिरहेका नागरिक हरुलाइ प्रत्येक वडामा १ सय बाेरा चामल, दाल, नुन, तेल दिन सुरु गरेकाे छ । लकडाउनलाइ कडाइ गर्दै नगरपालिका ले एक टाेल देखि अर्काे टाेलमा नागरिक अावत जावत नगर्न पनि निर्देशन दिएकाे छ । पञ्चपुरी नगरपालिका काे नगर कार्यापालिकाकाे साेमवार बसेकाे बैठक ले यस्ताे निर्णय गरेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *