क्वारेन्टाइन मा बसेकालाई सावुन र मास्क बाड्दै पुर्ब संचार राज्यमन्त्री ” बिष्ट “

(डाडादरा एफएम ) २६ बैशाख, बाबियाचाैर, सुर्खेत ।

पञ्चपुरी नगरपालिका काे क्वारेन्टाइनमा रहेका नागरिक हरुलाई साबुन र मास्क हस्तान्तरण गरिएको छ । पुर्ब सुचना तथा संचार राज्यमन्त्री तप्तबहादुर बिष्टले पञ्चपुरी काे पलैटे, बाबियाचाैर र बिद्यापुरकाे क्वारेन्टायनका ३३७ जना र ब्यवस्थापन मा जुटेका स्वास्थ्यकर्मि, सुरक्षाकर्मि र ब्यवस्थापक टिमका सम्पूर्ण लाई नगरपालिका मार्फत सामाग्री बितरण गर्नुभएको हाे । ज्यालामजदुरी का शिलसिलामा नेपालका विभिन्न ठाउमा रहेका नागरिक हरुलाई पञ्चपुरी नगरपालिकाले उद्दार गरि ३ अाेटा ठाउमा क्वारेन्टाइन बनएर राखेकाे छ ।

सावुन र मास्क हस्तान्तरण गर्दै पुर्ब संचार राज्यमन्त्री बिष्टले अाफु सधैं जनताकाे घरदैलोमा सेवा दिदै अाएकाे र बिपत्ति काे समयमा पनि हरेक नागरिकलाई स्वास्थ्य सामाग्रि बितरण गरेकाे बताउनुभएको छ । चुनाव जितेका जनप्रतिनिधि जनताको घरदैलोमा नपुगेकाे बताउदै उहाले समस्या परेकाे बेला जनताको सेवा गर्नु अाफ्नाे कर्तव्य भएको समेत बताउनुभयो ।

यता १४ दिन सम्म नगरपालिका काे क्वारेन्टाइन मा बसेका नागरिक हरु घर जाने अासमा दिन गन्दै बसेका छन । पञ्चपुरी नगरपालिकाकाे स्वास्थ्य शाखाले सामान्य स्वास्थ्य परिक्षण गरेपनि कीट उपलब्ध नहुदा काेराेना परिक्षण हुन सकेको छैन । स्थानीय सरकारले ब्यवस्थापन काे काम गर्ने र स्वास्थ्य परिक्षण काे जिम्मा केन्द्र सरकारकाे नै हुने हुदा परिक्षण कीट अाउन ढिलाइ भएको नगरपालिका का सुचना अधिकारी चुडामणि कडेलले बताउनुभयाे ।

नेपालभरी नै परिक्षण किटकाे अभाव देखिएकाे हुदा प्रत्येक समुहको १ देखि २ जनाकाे स्वाब परिक्षण गरी सबैलाई घरमा पठाउने बाताबरणको सृजना गर्ने नगरपालिकाले जनाएको छ । घरमा पुगे पनि क्वारेन्टाइन मा बसेका हरुले अनिवार्य हाेम क्वारेन्टाइन मा ७ दिन सम्म बस्नुपर्ने र त्यसको वडा कार्यालय ले र जनप्रतिनिधि हरुले निगरानी गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *