निर्वाचन जितेका भन्दा पराजित पूर्ब संचार राज्य मन्त्री बिष्ट जनताको सेवा गर्दै ।

(डाडादरा एफएम) ३ जेठ, बाबियाचौर सुर्खेत ।
स्थानीय चुनाव भएको ३ बर्ष बित्यो । प्रदेश र संघको चुनाव सकिएको पनि करिब ३० महिना भन्दा बढि भयो । विभिन्न गाउपालिका, नगरपालिका, प्रदेश र संघ मा जितेका र पराजित भएका हरुले चुनाव जित्नका लागि भए पनि धेरै बिकास का नारा लगाए र कतिपयले जिते पनि । जनताले स्थानीय सरकार घरदैलोमा आएपछि धेरै बिकास र परिवर्तनको आशा पनि गरे । सुर्खेत को निर्वाचन क्षेत्र नं २ ख मा नेकपा बाट बिन्दमान बिष्ट बिजयि भए भने नेपाली काङ्ग्रेस बाट तप्तबहादुर बिष्ट पराजीत भए । त्यस्तै क्षेत्र नं २ मा नेकपाका नवराज रावत निर्वाचित भए भने नेपाली काङ्ग्रेस का हृदयराम थानी पराजित भए । जनताले निर्वाचित जनप्रतिनिधि बाट धेरै आशा र अपेक्षा राखे पनि । कर्णाली प्रदेशका माननियहरुको ३ बर्ष सिकाई र कानुन निर्माण मै बित्यो भने केन्द्र सरकारको ब्यवस्थापन गर्न र कानुन बनाउन मै समय गयो । दोस्रो संबिधान सभा चुनाव मा निर्वाचित पञ्चपुरी कै तप्तबहादुर बिष्ट सुचना तथा संचार राज्य मन्त्री भए ।

बिकासमा भौतिक निर्माण को क्षेत्रमा तातापानि घाटगाउ तरङ्गा कुनाथरी लगाम बेतानका धेरै ठाउमा पक्कि पुल निर्माण र बिद्यालय र स्वास्थ्यका भवन निर्माण का कामहरु अगाडि बढे जो अहिलेसम्म कोहि सम्पन्न भए भने कोहि निर्माण का क्रममा नै छन । पटकपटक चुनावमा पराजित बनेका नवराज रावतलाई पनि स्थानीय चुनावमा जनताले केन्द्रमा जिताएर पठाए । अहिले सुर्खेत क्षेत्र नं २ ले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पाएको छ । यतिबेला देश तथा बिश्व नै कोरोना महामारीबाट आक्रान्त छ । धेरै जनता कोरोनाको त्रासमा छन । धेरै जनताले यो समयमा जनप्रतिनिधि बाट सहयोग र राहत पाउने आशा गरेका छन । लकडाउनले जनजिवन प्रभाबित पारेपछि धेरैको दैनिकी कष्टकर भएको छ । कतिपय राहत पाउने आशमा छन भने कोहि स्वास्थ्य सामाग्री को आशामा छन । बिपत्ति को समयमा सहयोग गर्ने बेला जनप्रतिनिधि हरु नै निर्वाचन क्षेत्रमा नआएको स्थानीय नागरिकले गुनासो गरेका छन ।

फेसवुकमा स्थानीय जनप्रतिनिधि बिन्दमान बिष्ट र माननीय नवराज रावतको फोटो नै पोष्ट गरेर जनताको समस्या बुझ्न आग्रह गरेका छन । भरत तिमिल्सिनाले बिपत्ति को समयमा सांसदहरुले एउटा सावुन सम्म बितरण गर्न नसकेको समेत लेखेका छन । त्यस्तै सुर्य थापाले बिदेश मा भएका नागरिक स्वदेश ल्याउन र जनताको घरदैलोमा आउन आग्रह गरेका छन । नेपाली काङ्ग्रेसका नेता तथा पुर्ब सुचना तथा संचार राज्यमन्त्री तप्तबहादुर बिष्ट यतिबेला सबैलाई साबुन, मास्क बाड्न मै ब्यस्त छन । लकडाउन पालना गर्ने र सामाजिक दुरी कायम गर्दै जनताको घरदैलोमा पुग्ने गरेका बिष्टलाई निर्वाचनमा जिताउन नसकेकोमा धेरै जनता पछुताएका छन ।

धेरै समय जनताको लागि सेवा गर्ने बिष्ट ले नत आफ्नो लागि राम्रो घर नै बनाए न त पैसाको लोभ लालचमा लागेर सम्पति कमाए । आफुले गरेको बिकास अधुरै रहन्छ कि भन्ने डरले बिष्टले आफुले गरेको बिकासको नियमित अनुगमन पनि गरिरहेका छन । कहिले बिद्यालय का भवन, कहिले पुल त कहिले स्वास्थ्य चौकीका भवन को अनुगमन गर्ने गरेका छन । सामाजिक सद्भाव, भाईचारा र मेलमिलाप चाहने बिष्ट बिवाह उत्सब भोजभतेर होस बिरामी परेको ठाउ या दुखको मृत्यु संसकार होस सबै जनता को दुख सुखमा पुगेकै हुन्छन ।

महामारीको समयमा बिष्टले काठमाडौ लगाएत देशका बिभिन्न ठाउमा दुखमा परेकाहरुको उद्दार को पहल समेत गरेका छन । मृत्युलाई समेत जितेको बताउने उनी कोरोनालाई पनि जनताको घरदैलोमा जनताको सेवा गर्दै जित्ने बताउँछन् । बिष्टले विभिन्न ठाउवाट सहयोग जुटाउदै सुर्खेत को पुर्व देखि पश्चिम का बिभिन्न गाउपालिका तथा नगरपालिका मा करिव ६ लाख बरावरको मास्क र सावुन बाडेका छन ।
यता
बिपत्ति को समयमा नेकपा बाट निर्वा्चित बिन्दमान बिष्ट आफ्नो निर्वाचन क्षेत्र मा १ पटक मात्रै आएका छन भने स्वास्थ्य राज्यमन्त्री नवराज रावतद्वारा पञ्चपुरी, चौकुने र बराहताल गाउपालिकामा १५० थान मास्क, १ लिटर सेनिटाईजर, ३ थान पिपिई सेट र ग्लोव्स बितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *