भारद्वाज कृषि फार्म लोकल कुखुरापालनमा प्रख्यात


(डाडादरा एफएम) बाबियाचौर, सुर्खेत ।
ब्य वसाय भन्दा जागिरे जीवन राम्रो लाग्ने युवा पुस्ता र निजामती कर्मचारीको लागी सुर्खेतका एक जोडीले गतिलो उदाहरण दिएका छन । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं २ घर भएका चुडामणि कडेल अहिले ब्यवसायमा र जागिरे जिवनमा ब्यस्त छन । बिहान साझ ब्यवसाय मा ब्यस्त कडेल दिउसो कार्यालयको काममा पञ्चपुरी नगरपालिका मा जाने गरेका छन ।

पञ्चपुरी नगरपालिकाको वडा नं. २ पलैटेमा स्थायी घर भएका कडेलको निजामति सेवामा प्रबेश गरेको करिब ९ बर्ष पुग्यो । प्राय श्रीमान कार्यालयको काममा जाने र श्रीमतिले घरको काममा  सघाउने परिवार भन्दा कडेलको परिवार भिन्न छ । कडेलको धर्मपत्नी सृजना आचार्य पनि पञ्चपुरीकै वडा नं २ को वडा सचिबको रुपमा काम गरिरहेकी छन । कँडेलले आफ्नै घरमा भारद्वाज कृषि तथा पशुपालन फार्म अन्तर्गत कुखुरापालन व्यवसायलाई अगाडी बढाएका छन ।


गाउँमा लोकल कुखुराको माग बढ्दो भएको कारण लोकल कुखुरापालन गर्न सुरु गरेको कडेलले बताए । लोकल कुखुरापालनको लागि सुरुमा ब्यवस्थापन र संरचना निर्माण गर्न १० लाख बढि खर्च भएको छ ।
कडेलको भारद्वाज कृषि तथा पशुपालन फार्ममा अहिले कुखुराको जातिमा कडकनाथ, साखिमी, दुम्सी, लेकाली लोकल गरी कडकनाथ १५० वटा र अन्य जातका २५० वटा कुखुरा रहेका छन । सुरुमा पाल्पा जिल्लाबाट कुखुरा ल्याएर पाल्न सुरु गरेका कँडेलले अब आफ्नै फार्मबाट कुखुराका चल्लाहरु उत्पादन गर्ने र आबश्यक परे अन्य ब्याबसायी लाइ पनि बिक्री गर्ने योजना बनाएका छन । पछिल्लो चरणमा कडकनाथ किन्न र खानको लागि पलैटे जानुपर्छ भन्ने स्थानिय को जनबोली रहेको छ । धेरंैजसो ले कडेलले फेसबुकमा पोस्ट गरेको कुखुरापालन देखेर खानको लागि अर्डर गर्ने गरेका छन । अहिले कडकनाथ (कालो प्रजातिको) कुखुरालाई उहाँ घरबाटै जिउँदो कुखुरा रु १०००(एक हजार ) प्रति के.जी.को दरले र जिउँदो लोकल कुखुरा प्रति के.जी. रु ७०० (सात सय )का दरले बेच्ने गरेका छन । कडेलले सुरु सुरुमा त चल्ला हुर्काउनको लागि रातभर पनि नसुतेको अनुभब सुनाउछन ।


दम्पत्ती नै निजामती जागिरे भए पनि अफिस समय बाहेक बिहान–बेलुका कुखुराको कृषि फर्ममा समय बिताउने गरेका छन । कुखुराको लागि घाँसको जोहो गर्न आफ्नै जग्गामा ६, ७ रोपनीमा विभिन्न प्रजातिको घाँस रोपेको र आफ्नै जग्गामा धैरै प्रजातिको घाँस रोपेर मेसिनबाट धुल्याएर अनि कुखुराको चरणक्षेत्रमा मकै रोपेर, क्याल्सियम, सिद्रा माछाको धुलो, मकै र धानमा मिसाएर कुखुराको लागी आहारविहारको व्यवस्थापन गर्दै आएका छन ।
लोकल कुखुराको उत्पादन प्रयाप्त नरहेकोले अहिलेसम्मबजारमा कुखुराको मागलाई धान्न नसकिएको अवस्था रहेको छ । कडेलले ब्यवसाय संगै लोकल कुखुरा भएको ठाउ भनेर पलैटे लाइ समेत चिनाएका छन  ।

अधिकृत कँडेलले अहिले विभिन्न प्रजातिका लोकल कुखुरापालनबाट सबै खर्च काटेर मासिक २० हजार रुपैयाँसम्म आम्दानी गरेका छन । बेरोजगार भएर बिदेशमा जाने र कर्मचारी भएर जागिरको मात्रै भर पर्ने हरुका लागि कडेलले उदाहरणका रुपमा काम गरेका छन । जोस जाँगर र उत्साह भएमा स्वदेशमा पनि केही गर्न सकिने भएको हुदा स्वदेशमा काम गर्न कडेलले सबैलाइ आग्रह समेत गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *