भारतमा रहेका प्रवाशी बाट बिपन्नलाई सहयोग

(डाडादरा एफएम) ७ जेठ, बाबियाचाैर, सुर्खेत ।
भारतमा रहेका प्रवाशी नेपालिहरुकाे सहयाेग मा बिपन्न परिवारलाई सहयोग गरेका छन । पञ्चपुरी नगरपालिका वडा नं ११ कुईने मा बिरामि भएर उपचार गरिरहेका अमर दमाई (रिठु नेपाली ) का परिवारलाई खाद्यान्न सहयोग गरेका हुन । पञ्चपुरी ११ घर भई भारतका विभिन्न ठाउँमा रहेका धिरज माझि (धन) चन्द्र माझि ,भिम राज जैसि, नरेन्द्र सर्मा, दिपक सावद, जहरि सुनार, मोहन सुनार, प्रेम ढकाल, पहल सिङ नचेल, नवल सिङ नचेल , बिकाश सावद (बिर), डिबि बिश्वो(धन्), मिन बहादुर मिजार, नेत्र सुनार , भिम दुब्राकोटि, हरि घर्ति, हिरा डाँडाबाडी, प्रेम नेपाली, नरेन्द्र माझि, उपेन्द्र आचार्य, रतन मिजार, मयाॅ मिजार, सर्पजित छबिसे, लगाएतका नेपाली काङ्ग्रेस समर्थक युवाहरुले ५० केजि चामल, ५ प्याकेट तेल, २ केजि दाल, १ प्याकेट नुन घरपरिवारलाई हस्तान्तरण गरेका छन । भारत बाट पैसा पठाएका उनिहरुले स्थानीय वडा अध्यक्ष दिपराज जैसी, मिनराज माझि, भगे कामी, काङ्ग्रेस का वडा सभापति प्रेम बडुवाल पुर्ब सुचना तथा संचार राज्य मन्त्री तप्त बहादुर बिष्ट लगाएतका ब्यक्ति हरुले सहयोग हस्तान्तरण गर्नुभएको छ । पेटका समस्या देखिएका रिठु अहिले नेपालगन्ज उपचार गरिरहेका छन । अार्थिक अभावका कारण उपचारमा समस्या भएका उनकाे यस अघि प्रवासमा रहेका नेपाली हरुले सहयोग रकम जुटाएर सहयोग गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *