लक्ष्मि लघुबित्त द्वारा पञ्चपुरी मा नगद सहयोग

( डाडादरा एफएम ) २५ जेठ, बाबियाचाैर, सुर्खेत ।
काेराेना भाइरस राेकथाम तथा नियन्त्रण का लागि पञ्चपुरी नगरपालिकामा लक्ष्मि लघुबित्त बित्तिय शाखा बाबियाचाैरले नगद सहयोग गरेकाे छ । पञ्चपुरी नगरपालिका काे काेराेना राेकथाम तथा नियन्त्रण समिति मा १० हजार काे चेक सहयोग गरेको छ । शाखा बाबियाचाैरका प्रबन्धक बिबेक अाचार्यले नगरप्रमुख उपेन्द्र बहादुर थापालाई चेक हस्तान्तरण गर्नुभएको छ । अाचार्यले अाफ्ना सदस्यहरुलाइ बित्तिय जानकारी लिन चाहेमा संस्थाले सहयोग गर्ने बताउनुभएको छ । साथै उहाले ग्राहक सदस्यलाइ काेराेनाबाट बच्न सरकारले ताेकेकाे निर्देशनलाई पालना गर्न अाग्रह समेत गर्नुभएको छ । लघुबित्तले अाफ्नाे कार्यक्षेत्र रहेकाे स्थानीय निकायमा गरि देशभर २१ लाख नगद सहयोग गरकाे छ । संस्थाले अाफ्ना ग्राहक सदस्यलाई हावाहुरी, बिपत, अागलागी लगाएतका अन्य क्षेत्रमा समेत सहयोग गर्दै अाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *