बावियाचौरको खमारीखोला लघु जलविद्युत गृह मा पहिरो जादा महिलाको मृत्यु

बाबियाचौर, सर्खेत ।
सुर्खेतको बावियाचौरमा रहेको खमारी खोला जल विद्युत आयोजनामा पहिरोले क्षती पु¥याएको छ । गएराती आएको अविरल वर्षाका कारण पञ्चपुरी नगरपालिका–६ भावरमा रहेको विद्युत गृहमा पहिरोले क्षती पु¥याएको छ ।
पावरहाउसका कर्मचारी डम्मर पुलामी र उनकी श्रीमती पावर हाउसमा बस्दै आएका थिए । बिहान करिव २ बजे पावर हाउस पहिरो जादा नन्दा पुलामीको पहिरोमा पुरिएर ज्यान गएको छ । अकस्मात पहिरो आएपछी डम्मर बाहिर निस्केको र पहिरोमा पुरीएको श्रीमतिलाइ एक्लै उद्धार गर्न नसकेको बताउनुभयो । राती नै खमारीखोला आयोजना ख का कर्मचारीलाइ खवर गर्दा उद्धारमा ढिलाइ भएको हो । पहिरोमा परी डम्मर पुलामी को छाती र टाउकोमा चोट लागेको छ । घाइतेलाइ उपचारका लागि बीरेन्द्रनगर लगिएको छ । बिहान स्थानियले मृतकको लास पहिरोबाट निकालेको र प्रहरीको मुचुल्का पछि पोष्टमाटमका लागि बीरेन्द्रनगर लगिएको छ ।
‘पहिरोले आयोजनाको अप्रेटर कक्ष र मेसिनरी कक्ष पुर्णरुपमा क्षती पु¥याएको छ । आयोजनाका पावर हाउस अप्रेटर घनश्याम बयक का अनुसार उपकरणमा क्षति पुगेका कारण केही समय बिधुत अबरोध हुने बताउनुभएको छ । बर्षा नरोकिएमा पहिरो आउने सम्भावना रहेको समेत उहाले बताउनुभयो ।
५३ किलोवाट विद्युत उत्पादन भइरहेको यो आयोजनाबाट पञ्चपुरी नगरपालिकाका करिव एकहजार दुई सय परिवार लाभान्वित भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *