नगरपालिका काे लगानीमा पञ्चपुरी मा बिधुत उत्पादन हुदै

पञ्चपुरी नगरपालिका काे वडा नं ६ मा बन्न लागेको लघुजलबिधुत अायाेजनाकाे काम तिब्र गतिमा अगाडि बढेकाे छ । प्राथमिक स्वास्थ्य केन्द्र सालकाेट लाई बिधुत अति अाबश्यक भएको हुदा नगरपालिका काे लगानीमा ८ किलाेवाट क्षमता काे बिधुत उत्पादन गर्न लागिएको छ । वडा नं ६ काे खाेलिखेत मा पावरहाउस रहेकाे अायाेजना काे पाईप जडानकाे काम सम्पन्न भएको छ भने घर निर्माण, बाध ब्यवस्थापन, र तार जडान काे काम सुरु भएको छ ।

पञ्चपुरी नगरपालिका काे ७१ लाख लगानी रहेकाे अायाेजना काे अाेसियन पावर सर्भिस प्रा लि बुटवलले निर्माणकाे जिम्मा लिएको छ । निरन्तर कामकाे अबराेध र कठिनाई नभए अागामि मंसिर सम्म बत्ती बाल्ने कम्पनीले जनाएको छ । बिधुत उपलब्ध भएपछि प्राथमिक स्वास्थ्य केन्द्र पलैटे मा नियमित एक्सरे सेवा, नेबुलाईजर सेवा, सामान्य अप्रेसन समेत गरिने भएको छ ।

केही समयमा १५ शैयाकाे अस्पतालमा परिणत हुने स्वास्थ्य केन्द्र मा बिधुत सेवा पुगेमा थप सजिलाे हुने प्राथमिक स्वास्थ्य केन्द्र पलैटे का स्वास्थ्य कर्मचारी डण्डपाणी सुबेदीले जानकारी दिनुभयो । पञ्चपुरी नगरपालिका ले पलैटेलाई स्वास्थ्य केन्द्र बनाउने, बिद्यापुरलाई शैक्षिक केन्द्र र बाबियाचाैरलाइ प्रशासनिक केन्द्र काे रुपमा बिकास गर्ने याेजना समेत बनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *