माैरिडाँडा सामुदायिक बनकाे अध्यक्षमा- घिमिरे,

माैरिडाँडा सामुदायिक बन उपभोक्ता समितिकाे उपभोक्ता भेला आज पञ्चपुरी ८ मा सम्पन्न भएको छ । भेलाले अध्यक्षमा बिष्णु प्रसाद घिमिरेलाई चयन गरेकाे छ ।

जसकाे उपाध्यक्षमा छबिलाल सापकोटा सचिब धनसरी क्षेत्री, काेषाध्यक्ष खगेन्द्र प्रसाद सिग्देल सह सचिब बिष्णु सुनार रहनुभएकाे छ । त्यसैगरी भेलाले सदस्यहरुमा कमल प्रसाद कडेल, प्रज बहादुर बुढा, रुपसरा शाहि र नरबहादुर रसाईली लाई चयन गरेकाे छ ।

नब निर्वाचित अध्यक्ष घिमिरेले सामुदायिक बनकाे ब्यवस्थापन र दिगाेपनाका लागि सबै उपभोक्ताकाे सहयोग र साथ अनिवार्य अावश्यक रहेको बताउनुभएको छ । मानव जीवनमा वन जंगल प्रत्यक्ष दैनिकी संग जाेडिएकाे हुदा यसकाे संरक्षणमा आबश्यक नीति बनाई कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाउनुभएकाे छ ।

आज भएको भेलाले पाैष १२ गते सम्म उपभोक्ताले अनिवार्य बन प्रबेशकाे पुर्जी लिनुपर्ने निर्णय समेत गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *