अछामको कमलबजार नगरपालिकामा रहेका करार कर्मचारीको समस्या समाधान हुने भएको छ । नगरपालिकामा कार्यरत करार कर्मचारी मध्ये बिभिन्न समयमा प्रकृया पु¥याएर नियुक्ति गरेका कर्मचारीको करार म्याद थप गर्ने र प्रकृया नपुगेका कर्मचारीको हकमा कार्यबिधि बनाई आउदो नगरसभाबाट स्विकृत गरी सोहि बमोजिम आन्तरिक प्रतिस्पर्धा बाट यथावत राख्ने गरी सहमती भएको नगरप्रमुख यज्ञ प्रसाद ढकालले जानकारी दिनुभयो ।
सो सहमती कार्यान्वयन गराउन जनप्रतिनिधि एकमत रहेका र कार्यान्वयनका लागी कार्यालयले तत्काल काम गर्नुपर्ने नगर उपप्रमुख शारदा कुमारी बिष्ट कुँवरले बताउनु भयो । सहमति पछि करार कर्मचारीको पारिश्रमीक भुक्तानी तथा करार म्याद थपका बिषयमा माग राख्दै कार्यालयमा लगाएको ताला आज खुलेको छ ।
आज भएको सहमतीलाई कसैले पनि तोड्न नहुने कमलबजार नगरपालिका ६ का वडा अध्यक्ष लाल बहादुर शाहले बताउनु भयो । कार्यालयको सेवा प्रवाह भोली बिहिवार बिहान १० बजे देखी सुचारु हुने निमित्त प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्टले बताउनु भयो ।
कर्मचारीले उठाएका मागलाई नगर सरकारले सम्बोधन गरी आव २०८०÷८१ को बजेट मंसिर २४ गते भित्र पास गरी तलब भुक्तानी गर्ने र आगामी करार म्याद थप गर्ने सर्तमा ताला खोलिएको करार कर्मचारी संघर्स समितीले जनाएको छ ।
पारिश्रमिक नपाएको भन्दै पालिका भित्रका शिक्षकहरुले मंसिर १० गतेदेखी बिद्यालयमा पठनपाठन ठप्प पारेका थिए । अबदेखि बिद्यालयमा नियमित पठनपाठन समेत हुने भएको छ । नगरपालिकाको १५ गते कार्यापालिकाको बैठक बस्ने र २४ गते नगरसभा बस्ने भएको छ ।