रुकुम सोती घटनाका पिडितले न्याय पाएको भन्दै पञ्चपुरीमा दिप प्रज्वलन,

सुर्खेत ।
रुकुम पश्चिमको सोती घटनामा संलग्न रही मुद्दा चलाइएका ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसलाको स्वागत र मृतकको सम्झनामा आज बाबियाचौरमा दिप प्रज्वलन गरिएको छ । दलितका लागि दलित आन्दोलन नेपाल पञ्चपुरीको आयोजनामा पञ्चपुरीको बाबियाचौरमा दिप प्रज्वलन गरिएको हो ।
पिडित परिवारले न्याय पाएको र अदालको निर्णयको स्वागत गर्दै अभियानले दिप प्रज्वलन गरेको अभियानका संयोजक ललित सुनारले जानकारी दिनुभएको छ ।
आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि न्यायाधीश खड्ग बहादुर केसीको इजलासले घटनामा संलग्न रहेकामध्ये २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।
त्यसैगरी ज्यान मुद्दामा प्रतिवादी बनाएकी मृतक नवराज विककी प्रेमिका भनिएकी ५४ रुकुम पश्चिम ३६, उनकी आमा र भाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै २ वर्षको जेल सजाय ठहर गरिएको छ । घटनामा संलग्न भनिएका ८ जनालाई भने रुकुम जिल्ला अदालतले सफाइ दिएको अदालतकी श्रेष्तेदार मन्दिरा शाहीले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *