सुर्खेतको पञ्चपुरी नगरपालिकाले छाडा पशुचौपाय ब्यवस्थापनको लागि निर्माण गर्न लागेको कामलाइ नेपाली कांग्रेस पञ्चपुरीले पनि साथ दिएको छ । नेपाली कांग्रेस नगर सभापती कृपाराम थापा सहित सम्पुर्ण कार्यसमितिको अगुवाइमा पञ्चपुरी ५ को बाबियाचौरमा निर्माण हुदै गरेको गौशालाको काममा अस्थायी टहरा निर्माण गरिएको छ ।
नेपाली कांग्रेस पञ्चपुरीले सन्त नेता स्व. कृष्णप्रसाद भट्टराईको ९९ औं जन्म जयन्तीको अवसर पारेर पञ्चपुरी नगरपालिकाले गौशाला निर्माणका लागि गरेको घेराबार भित्र राखिएका गाईलाई अस्थायी रुपमा वास स्थानका निर्माण गरेको अस्थायी टहरा र केही संकलित पराल समेत सहयोग गरेको छ ।
कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारीले स्व. नेता भट्टराईको कामको स्मरण गर्नुभएको छ । साथै भण्डारीले गौशाला निर्माण गर्नु आफैम चुनौतीको बिषय भएको र यसका लागि सबैको साथ र सहयोग आबश्यक रहेको बताउनुभएको छ । त्यसैगरी कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका क्षेत्र नं. २ सुर्खेतका सभापती इन्द्र बहादुर रावलले नगरपालिकाले गरेको काम प्रशंसायोग्य रहेको र यसमा सबैको साथ रहने प्रतिबद्धता समेत जनाउनुभएको छ । साथै रावलले पछिल्लो चरणमा सामाजिक सञ्जालमा अनाबश्यक रुपमा आफ्ना अभिब्यक्ती राख्ने बिषयमा पनि नेता कार्यकर्ताले बिबेकता अपनाउनुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा नेपाली कांगेस कर्णाली प्रदेशका सहमहामन्त्री उपेन्द्रबहादुर थापाले स्व. नेता भट्टराइको जीवनीबाट धेरै कुरा सिक्न जरुरी रहेको बताउनुभएको छ । साथै उहाले नेपाली कांगे्रसको कार्यकालमा गरेका हरेक काममा सबैले साथ दिएर सहयोग गर्नुपर्ने आबश्यकता समेत औल्याउनु भएको छ । कार्यक्रममा नेपाली कांग्रेस पञ्चपुरीका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।