हाम्रो कृषी तथा पशुपालन सहकारी संस्था पञ्चपुरी ५ को बार्षिक चुनावी साधारणसभा आज बाबियाचौरमा सम्पन्न भएको छ । साधारणसभा मा बोल्दै पञ्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारीले सहकारीको अवस्था पहिचान गरि आर्थिक बिकासका कार्यक्रम संचालन गरिने बताउनुभयो छ । साथै उहाले स्थानीय स्तरमा भएका सहकारीहरुलाई एकीकृत गरि नया ब्यवस्थापन गरिने समेत बताउनुभएको छ ।
साधारणसभाले भुपेन्द्र बहादुर सिजापतीको अध्यक्षतामा नया कार्यसमिति गठन गरेको छ । जसको उपाध्याक्षमा टिका खराल सचिव गोविन्द सिजाली र कोषाध्यक्ष मान वयक रहनुभएको छ । भेलाले ठग बहादुर कठायत, खगीसरा दर्लामी, चक्र बहादुर वुचा, हस्त बहादुर पल्ली, निर्मला कंडेल, डम्बर तारामी र लाल बहादुर थापालाई सदस्यमा चयन गरेको छ ।
त्यसैगरी साधारणसभाले धनराज गिरीलाई लेखा समिती संयोजकमा चयन गरेको छ । जसको सदस्यमा टिकाराम खराल र प्रकाश कंडेल चयन हुनुभएको छ । साधारणसभा सहकारीका अध्यक्ष भुपेन्द्र सिजापतिको अध्यक्षतामा सम्पन्न भएको हो ।