बिद्याज्योती माद्यामिक बिद्यालय पञ्चपुरी ९ रागको ४० औ बार्षिकउत्सव सम्पन्न भएको छ । बि.स.२०४० सालमा स्थापना भएको बिद्यालयले पहिलो पटक बार्षिकोत्सव सम्पन्न गरेको हो । बिद्यालयको बार्षिकउत्सवमा बोल्दै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिपक सापकोटाले बिद्यालयमा भौतिक संरचना र बिद्यार्थी अनुपात अनुसार शिक्षकको कमि भएको हुदा यसका लागि दरबन्दी ब्यवस्थापन गरिदिन आग्रह गर्नुभएको छ । कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका उपप्रमुख मुक्ति रेग्मीले बिद्यालयको भौतिक बिकासका लागि आगामि दिनमा ४ कोठे भवन निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
पञ्चपुरीका सबै बिद्यालयमा समान रुपमा आवश्यकताको आधारमा बिकास गर्ने समेत पुरीले बताउनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख लालबिर भण्डारीले नगरपालिकाले बिद्यालयलाई छानामुक्त बनाउने योजना रहेको र यसका लागि क्रमस काम गरिरहेको बताउनुभएको छ । नगरपालिकाको गुरुयोजना अन्तिम तयारीमा रहेको र त्यसैको आधारमा काम गरिने भण्डारीले जानकारी दिनुभएको छ । पहुचकै आधारमा योजना छनौट गरिने र आफ्नालाइ मात्रै प्राथमिकता दिने कोहि कसैले नगरेको र आगामि दिनमा पनि त्यसो नगरिने उहाले बताउनुभएको छ ।
कार्यक्रम बिद्यालयका योगदान पु¥याउने पुर्व अध्यक्ष, प्रधानाध्यापक, जग्गादाता, अवकाशप्राप्त शिक्षक लगाएतलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा विभिन्न स्थानीय साँस्कृतिक प्रस्तुति तथा मारुनि नाच समेत प्रदर्शन गरिएको छ ।