११४ औं अन्तर्राष्ट्रिय महिला दिवस पञ्चपुरीमा सम्पन्न

महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी भन्ने मूल नाराका साथ ११४ औ अन्तर्राष्ट्रिय महिला दिवस आज बाबियाचौरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। पञ्चपुरी नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा भएको कार्यक्रममा लोक गीत तथा नृत्य प्रतियोगिता सञ्चालन गरिएको हो ।

लोकगीत प्रतियोगिता कार्यक्रममा आठवटा टिमको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिकाका उपप्रमुख मुक्ति रेग्मीले महिलाको क्षमता विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र अब महिलाहरू पनि आफ्नो अधिकारका लागि एकजुट हुन आवश्यक रहेको बताउनुभएको छ। साथै उहाँले राज्यका हरेक निकायमा महिला सहभागिताका लागि पहल गरिरहेको समेत बताउनुभएको छ ।

कार्यक्रममा पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले महिलाहरूको क्षमता विकासका लागि महिलाहरू स्वयं आफै घरबाट एक जुड्नुपर्ने बताउनुभएको छ। विभिन्न कार्यक्रमहरु गर्दै आए पनि महिला हिंसाका घटनाहरु समाजमा बढ्दै गएको कारण थप चुनौती बढेको बताउनुभएको छ। साथै उहाँले हिंसा विरुद्ध महिलाहरू एकजुट हुनको लागि घरबाटै सुरुवात गर्नुपर्ने समेत बताउनुभएको छ। कार्यक्रममा गीता खरालको समूह बर पिपल आमा समूह पञ्चपुरी ५ प्रथम भएको छ।

त्यसैगरी चिसापानी आमा समूह पञ्चपुरी ५ को धनरुपा बिकको समूह द्वितीय भएको छ। शिव मन्दिर युवा समूह पञ्चपुरी ८ को कमला गिरीको समूह तृतीय भएको छ भने शान्ति स्वास्थ्य आमा समूह पञ्चपुरी ५ को राधा जैसीको समूह चौथो भएको छ। बेला थापाले सञ्चालन गरेको कार्यक्रम महिला बालबालिका शाखा पञ्चपुरीका शाखा प्रमुख पवित्रा गौतमको अध्यक्षतामा सम्पन्न भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *