पञ्चपुरीका नगरपालिका भित्रका ५२ जना अभिभावक सम्मानित

डांडादरा समाचार कक्ष

बाबियाचौर सुर्खेत,

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तरगत पञ्चपुरी नगरपालिकामा बालबालिकाकाे शैक्षिक गुणस्तर बढाउन बालबालिकालाई अध्ययनका लागि ५२ जना सक्रिय अभिभावकहरुलाइ शुक्रबार सम्मानित गरिएकाे छ । बिद्यालयका कक्षा ३ सम्म अध्ययन गर्ने बालबालिका का अभिभावक हरुबाट बिद्यालयमा अनुगमन तथा सल्लाह सुझाव दिने मध्यबाट बिद्यालय ले छनाैट गरि नगर शिक्षा मा सिफारिस गरेकाे नगर शिक्षा ले जनाएको छ ।नगर शिक्षा शाखा,जिल्ला शिक्षा बिकास शाखाले सम्मान गरेकाे हाे । सम्मानित हुदै अभिभावक दिलिप कँडेलले अभिभावकले घरमा बालबालिका लाई उनीहरुकाे इच्छा अनुुसारकाे पढ्ने वातावरण बनाउनु पर्ने ,बेलाबेला बिद्यालयमा गएर अाफ्ना बालबालिकाहरुकाे बारेमा छलफल गर्ने जस्ता क्रियाकलाप अभिभावकले गरे तब मात्र उ असल अभिभावक बन्न सक्ने र बालबालिकाहरुले राम्रो उपलब्धि गर्न सक्ने बताएका छन । पञ्चपुरी नगर शिक्षा शाखाका प्रमुख नवराज घिमिरेले प्राय अभिभावकहरु अाफ्नाे बालबालिकाकाे शैक्षिक गतिविधि का विषयमा बिद्यालय मा जानकारी लिन नअाउने र कुनै छात्रवृत्ति पाउने भए, कुनै समिति गठन हुने भए ,बच्चा जाँचमा उतिर्ण नभए मात्र अाउने गरेकाे बताए । उनले भने बालबालिकाकाे पहिलो पाठशाला घर र पहिलो गुरु अामा भएकाेले दवाव बाट नभइ स्वत स्फुर्त रुपमा पढ्ने वातावरण मिलाउन अभिभावक सँग अाग्रह गरे । पञ्चपुरी नगरपालिका स्राेतव्यक्ति द्राेणराज पाठकले सम्मानित अभिभावकले पनि गाउँ फर्किएर अाफ्ना छर छिमेक मा प्राेत्साहन गर्न अाग्रह गर्नुभएकाे छ । यहि अार्थिक वर्षमा पञ्चपुरी भरी नै ५ वर्ष देखि १०वर्ष उमेर समुहका ६० जना बालबालिका विद्यालयकाे पहुँच भन्दा बाहिर रहेका छन । उनीहरुलाइ विद्यालय सम्म ल्याउन सम्पुर्ण अभिभावक, शिक्षक र नगरपालिका सबै काे सहयोग रहेको सहभागी ले बताए । पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले अाफ्नाे नगरपालिका भित्र का काेहि पनि बालबालिका बिपन्न भएकै कारण बिद्यालयबाट बञ्चित नहुने बताउनुभएको छ । नगरपालिका ले बिपन्न बालबालिका हरुलाई पढाइको लागि सहयाेग गर्ने समेत बताउनुभयो । बिद्यालय मा अभिभावक ले नियमित रेखदेख तथा अनुगमन गर्नुपर्नेमा उहाले जाेड दिनुभएको छ । कार्यक्रम नगरशिक्षा प्रमुख नवराज घिमिरेकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *