बलात्कारको अाराेपमा एक जना पक्राउ

डांडादरा समाचार कक्ष

पञ्चपुरी,सुर्खेत भदौ १०,

 

चाैकुने गाउँपालिका वडा नम्बर ६ खाेप्रीकी २२ वर्षीय एक युवतीलाई जबरजस्ती करणी गरेकाे अाराेपमा १ जना पक्राउ परेका छन । साेहि ठाउँका ४६ वर्षीय दान बहादुर दानीले भदौ ८ बजे दिउसाे करिव ३ बजे घरमा एक्लै भएको अवस्थामा जवरजस्ति करणी गरेकाे पिडित युवतीले बताएकी छन । पिडितले ईलाका प्रहरी कार्यालय चाैकुने गुटु लाई जानकारी गराएपछि प्रहरीले पक्राउ गरेको हाे । पिडित युवती र पिडक दुबै जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाइएको इलाका प्रहरी कार्यालय बाबियाचाैरका प्रहरी निरिक्षक सुसाेभन श्रेष्ठले जानकारी दिएका छन । पछिल्लो समयमा सुर्खेत काे बराहताल, पञ्चपुरी र चाैकुने गाउपालिका मा बलात्कार का घटना हरु बढ्दै गएका छन । यता ईलाका प्रहरी कार्यालय बाबियाचाैरका प्रहरी निरिक्षक शुसाेभन श्रेष्ठले अाफ्नाे कार्यक्षेत्रमा हुने विभिन्न अपराध का घटना हरुलाई तत्काल छानबिन गर्न अाबश्यक प्रमाण जुटाएर अघि बढ्ने र दाेषिलाइ कार्वाहिकाे दायरामा ल्याउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *