भाषा संरक्षण गर्दै गुरुकुल बिद्यालय

डांडादरा एफ एम
पञ्चपुरी सुर्खेत ,,
शरिरमा पण्डित काे पहेलाे पहिरन, निधारमा चन्दन टीका, लगाैठि, बढ्दै गरेको लामाे टुपी, हेर्दा कलिलाे उमेर याे दृश्य गरुकुल बिद्यालय काे हाे । चाैकुने गाउपालिका वडा नं १० घाटगाउका नरेन्द्र खनाल उमेरले १० बर्ष का भए । उनी ३ बर्ष देखि बाबियाचाैरकाे शिवधाम धार्मिक संस्था मा बस्दै अाएका छन । बुवा सानैमा सर्पले टाेकेर भारतमा मृत्युु भएपछि उनिहरुकाे दैनिकी कस्टकर बन्दै गयाे । नरेन्द्र कि अामालाइ छाेराहरुकाे पालनपोषण गर्न अप्ठ्यारो भएको ले उनले छाेरालाई गुरुकुल बिद्यालय मा भर्ना गराईन । अहिले नरेन्द्र गुरुकुल बिद्यालय मा बस्दै अाएका छन । नरेन्द्र काे जस्तै समस्या मा रहेका बालबालिका अहिले अरुकाे साहारामा छन । पञ्चपुरी ५ मा रहेको गुरुकुल बिद्यालय मा अहिले १८जना बालबालिका हरु बिद्याश्रम मा बसेर अध्ययन गरिरहेका छन । संस्कृत भाषा संरक्षण र अाध्यात्म बिकास का लागि कक्षा ४सम्म बिद्यालय संचालन गरिएको छ । पञ्चपुरी नगरपालिका काे शिवधाम धार्मिक संस्थाले बि सं २०७२ साल देखि गुरुकुल शिक्षा संचालन गरेको छ ।सुर्खेत जिल्लाकाे एकमात्र रहेकाे याे विद्यालय २०७३सालमा तत्कालीन जिल्ला शिक्षा कार्यालय बाट अनुमति प्राप्त गरेर संचालनमा ल्याईएकाे हाे । बिद्यालयमा अध्ययन हुने पाठ्यक्रम संगै संस्कृत बिषयमा पनि ज्ञान दिने गरेको बिद्यालय का गुरु बासुदेब शर्मा ले जानकारी दिए। साथै बिहान र साझकाे समयमा नैतिक ज्ञान समेत दिने गरेकाे उनले बताए।लाेप हुन लागेकाे गुरुकुल शिक्षा पढ्दा भविष्यमा अन्य शिक्षा भन्दा धेरै सम्भावना र अवसर भएको बताए ।उनले भने शास्त्री,अाचार्य,गरेपछि ज्याेतिषी ,वैद्य,कविराज,भजन कृतन लगायत लाेकसेवामा समेत अवसर भएकाे बताए ।३ जना शिक्षक,एकजना कार्यालय सहयाेगी,र एक भान्से सहित ५ जना कर्मचारी रहेका छन । बिद्यालयमा दलित,जनजाति ,पिछडा वर्ग लगायतलाई समेत पढ्न पाउने व्यवस्था भए पनि हाल सम्म दलित,जनजाति ,र छात्राहरु अाउने गरेका छैनन ।कर्मकाण्ड पढ्नका लागि दैलेख ,अछाम र डाेटी बाट समेत पढ्न अाउने गरेका छन ।प्राय जसाे अनाथ ,विपन्न बालकहरु अाउने गरेकाे विद्यालयले जनाएको छ ।विद्यालयमा बस्ने छात्रहरुकाे लागि निशुल्क बसाइ ब्यवस्थापन पनि गरिएको छ । पछिल्लो समयमा यश गुरुकुल बिद्यालय र शिबधामलाई धार्मिक पर्यटनको बिकासका लागि समेत सबैले चासाे दिएका छन ।

 

Seen by Jagatdal Janala Bk at 12:15

Leave a Reply

Your email address will not be published. Required fields are marked *