याेजना सम्पन्न भइसक्दा पनि पाएनन् कामदारले कामको ज्याला

जगतदल जनाला बिक

रेडियो डांडादरा एफ एम

पञ्चपुरी सुर्खेत ८ असाेज । पञ्चपुरी नगरपालिकाले स्वास्थ्य इकाईकाे २ काेठे छाना वाला भवन स्थापनाका लागि अार्थीक वर्ष २०७४/०७५ काे बजेट बाट पञ्चपुरी ६ काे लाटीकांडामा रु ५ लाख छुट्याइएको थियाे ।उपभोक्ता समिति मार्फत ५ जनाएको टिमले समिति बाट १ लाख ४० हजारमा ठेक्का लिएका थिए। गत बैशाख ७ गते ठेक्का लिएका मान सिंह बलामी,डिल बहादुर बलामी ,याम बहादुर सिजापती,याम बहादुर बलामी र खगेन्द्र बलामीले ३७ दिनमा भवनको काम सकेका थिए ।उक्त भवन उपभोक्ता समितिका अध्यक्ष रुद्रप्रसाद कंडेल संग पटकपटक अाफुले काम गरेकाे पैसा माग्दा अाज दिन्छु ,भाेली दिन्छु भनी अाल टाल गरेकाे ठेक्का लिने मध्येका मान सिंह बलामीले बताए ।उनले भने काम सकिएको ६ महिना बितिसक्दा पनि हामीले पूरा पैसा पाउन सकेका छैनाैं ५ जनाले ४० हजार जति लिएका छाैं ।अब बांकी १ लाख लिन बांकी छ ।याेजना सम्पन्न भइ नगरपालिका बाट पैसा सबै निकासा गरी ल्याएर अध्यक्ष कंडेलले अाफुले खर्चगरीसकेकाे र अाइतबार देखि अध्यक्ष कंडेल सम्पर्क विहिन भएको बताए ।गाउँ घरकाे कुरा भनेर ६महिना सम्म कुर्दा पनि वेवास्ता गरेपछि अब कानुन अनुसार अगाडि बढ्ने र अन्य दैनिक ज्यालादारीहरुले पनि काम गरेको पैसा नपाएको कालिगड याम बहादुर सिजापतीले बताए ।पञ्चपुरी नगरपालिका वडा नं६ का वडाअध्यक्ष खड्क थापाले सबै कामको प्रकृया पूरा गरे पनि रकम निकाशा गर्ने बेलामा समितिका अन्य पदाधिकारीले पनि सचेत नभएका कारण याे सब भएकाे हुनसक्ने बताए ।उनले भने कामदारकाे गुनासो अाएपछि मैले केही दिनअगाडि भेटेर जसरी नी कामदारको पैसा दिनु भनेकाे थिएं,अाज भाेली फाेन गर्दा लाग्दैन अब प्रक्रिया अनुसार कामदारको पैसा जसरी पनि असुल उपर गरी दिलाउनु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *