विद्यालय नै बन्द गरेर परीक्षा दिन शिक्षकहरु

जगतदल जनाला बिक

रेडियो डांडादरा एफ एम पञ्चपुरी सुर्खेत ११ असोज ।

शिक्षक सेवाको परिक्षा दिन शिक्षकहरु बाहिर गएपछि पश्चिम सुर्खेतका केही विद्यालयहरु बन्द गरिएको छ । चौकुने गाउंपालिका वडा नं २ मा रहेको श्री नेपाल राष्टिय उच्च माध्यामीक बिद्यालय पनि शिक्षकहरुको परीक्षाको लागि भनेर ९दिनका लागि बन्द गरिएको छ । जम्मा १९ जना शिक्षक भएको उक्त विद्यालयमा १४ जना शिक्षक परीक्षा दिने भएपछि बांकी ५ जना शिक्षकले मात्र ५०० जना बिद्यार्थीहरुलाइ पढाउन नसकिने भएपछि गाउँ शिक्षा शाखा संग अनुमति लिइ विद्यालय व्यवस्थापन समितिको बैठक बसी अहिले गयल भएका दिनलाई पछि बिदामा पढाउने गरि बन्द गरिएको प्रध्यानाध्यापक लाल बहादुर थापाले बताए। यस्तै पञ्चपुरी नगरपालिका ५ मा रहेको बिद्याज्योती माध्यमिक विद्यालयमा पनि ५ दिन सम्म बिदा गरिएको छ।२२ जना शिक्षक मध्ये १२ जना शिक्षक परीक्षा दिन गएपछि ।१० जना मात्र विद्यालयमा छन । १हजार बिद्यार्थीलाई त्यति शिक्षकले कक्षा सञ्चालन गर्न असहज हुने भएपछि आन्तरिम रुपमा विदा मिलाएका प्रध्यानाध्यापक कृष्ण सापकोटाले बताए ।उनले भने ५ दिनका लागि अन्य कोही खेताला शिक्षक राख्न पनि नमिल्ने फेरि वर्षे बिदामा १० दिन पछि सम्म पढाएका थियौं अझै पनि ५ ,१० दिन बढी नै पढाउने सल्लाह गरेका छौं । विद्यालयहरुले आफैँले विदा गर्न पाउने अधिकार अन्तर्गत विद्यालय बन्द गरिएको विद्यालयहरुले जानकारी दिएका छन् ।केही शिक्षकहरु शिक्षा आयोगको परीक्षा दिन जाँदा विद्यालय नै पुरै बन्द गर्न नहुने स्थानीय अभिभावकहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *