साइकलमै टाेल टाेलमा प्रहरी

रेडियो डांडादरा एफ एम

पञ्चपुरी सुर्खेत १३ असाेज ।

दशै तिहार जस्ता चाडपर्वकाे अवसरमा विभिन्न प्रकारका अपराधीक घटनाहरु राेक्नका लागि इलाका प्रहरी कार्यालय बाबियाचाैरले शनिबार देखि टाेल टाेलमा साइकल गस्ती अभियान थालेकाे छ। अछाम ,डाेटी र कैलाली यी तीन जिल्लाकाे सिमानामा पर्ने पश्चिममा याे कार्यक्रम गरिएकाे इलाका प्रहरी कार्यालयका प्रमुख शुशाेभन श्रेष्ठले जानकारी दिए ।उनले भने प्रहरी मेराे साथि र टाेल टाेलमा प्रहरी अन्तर्गत पश्चिममा थुप्रै जनचेतनाका कार्यक्रमहरु गर्दै अाएका छाैं।सुरक्षालाइ चुस्त र दुरुस्त बनाउनका लागि चाैकुने,पञ्चपुरी र बराहतालमा जनचेतना मुलक सुचना सन्देश सहित साइकल गस्ती गरेकाे बताए ।भाैगाेलिक बनावट अनुसार प्रत्येक बस्तीमा माेटर साइकल ,गाडी ,नजाने भएकाले प्रहरीलाई शान्ति सुरक्षामा सहज हाेस भन्नका लागि पञ्चपुरी नगरपालिकाले ५ वटा साइकल खरिदका लागि ५०हजार बराबर छुट्याइएको नगरपालिकाका प्रमुख उपेन्द्र थापाले बताए ।प्रहरीले प्रत्येक टाेल टाेलमा साइकल गस्ती मार्फत बालविवाह ,लैङ्गिक हिंसा,घरेलु हिंसा लगायतका जनचेतनामूलक सुचनाहरु पनि प्रशारण गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *