विदेशको आकर्षक जागिर छोडेर बोइलर पालनमा मनग्य आम्दानी गदै पुर्ण

जगतदल जनाला बिक
रेडियो डांडादरा एफ एम
पञ्चपुरी सुर्खेत १४असोज ।

पञ्चपुरी नगरपालिका वडा नम्बर ५ का ३६ वर्षीय पुर्ण भाट पेशाले पुर्व नेपाली सेनाका हवल्दार हुन ।उनले २०५८ देखि २०७४ सम्म नेपाली सेनामा सेवा गरेका थिए ।सेवा बाट रिटार भए पछि प्राय को लक्ष्य भनेको विभिन्न कम्पनीमा सुरक्षा गार्ड,व्यापार र बैदेशिक रोजगारीको रहने गर्दछ ।पुर्णले भने फरक (बोइलर पालन )व्यवसाय अँगालेका छन् ।पुर्णले ८ लाखको लागतमा सुविधायुक्त अटोमेटिक ड्रिङ्कर वाला ३ हजार चल्ला सम्म अटाउने खोर बनाएका छन ।उनले सेनाको जागिर बाट अवकाश हुने बेला सोचेका थिए गाडी किनेर काठमाडौ तिर बसेर गुजरा चलाउंला ।तर उनको संगत बोइलर पालन गरेका उद्यमी व्यवसायी संग हुन थाले पछि उनीहरुले बोइलर कुखुरा पालन बाट मनग्य पैसा कमाउन थालेको देखे पछि आकर्षित भइ गाउँमा आएर बोइलर कुखुरा पाल्ने निर्णय गरेका हुन ।सुरुमै उनले २२०० चल्ला खोरमा हाले ।पहिलो पटकमा कुखुरा पालन सम्बन्धि प्राविधिक ज्ञान र अनुभव नभएर धेरै चल्ला मरे खासै फाइदा भएन घाटा पनि भएन बराबरी नै भयो।दास्रो पटक १८ सय चल्ला हाल्दा जम्मा चारो,औषधी,भुष,सहितअहिले सम्म साढे चार लाख जति खर्च भएको थियो ।उनलाई चल्ला,चारो अन्य प्राविधिक खर्च छुट्याएर ७० दिनमा २ लाख ५० हजार फाइदा भयो । प्रत्येक सात सात दिनमा भाँडा र खोर सफा गर्छन् । भाँडामा पानी सकिएपछि ट्याङ्की बाट आफैं पानी भांडामा आउने गर्छ चिसो मौसमका लागि हिटर समेत व्यवस्था गरेका छन। लगानी अनुसारको स्थानीय स्तरमा मार्केट नहुने र बाहिरको मार्केट को भर पर्नाले समय सिमा भित्र कुखुरा नउठ्दा सोचे अनुसारको फाइदा लिन नसकेको बताए ।उनलाई विदेशमा सुरक्षा गार्डका लागि मासिक २लाख ५० हजार सम्मको काम पाइएको थियो ।घरपरिवार बाट छुट्टिएर बस्नुको पीडा उनलाई १६ वर्ष नेपाली सेनामा काम गर्दा भोगेका छन् । सब थोक पैसा मात्र होइन उनले भने यति सम्म दुस्ख गरियो अब घरमा बाल बच्चालाई पढाइ लेखाइ गर्ने उनीहरुलाई सेटल गरि सुस्ख शान्तिका साथ स्वदेशमै व्यवसाय गरि बस्ने बताए ।उनले चल्ला,चारो र भुस बिरेन्द्रनगर बाट ल्याउने र चल्ला तयार भएपछि बिरेन्द्रनगर बाट गाडी खोरमै लिन आउँछन गाउँमा फुटकर,उदारो बेच्दा घाटा हुन्छ ,एकमुष्ट एउटै लाई दिएपछि पैसा पनि काम लाग्छ त्यही बाट अरु नयाँ चल्ला हाल्न पनि सजिलो हुन्छ त्यही भएर कुखुरा तयार भएपछि बिरेन्द्रनगर तिर पठाउने गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *