दोस्रो अन्तरपालिकास्तरीय भलीबल प्रतियोगिता सुरुः

कृष्ण प्रसाद अधिकारी
भैरी खबर ,दुल्लु दैलेख
दैलेख जिल्लाको दुल्लु नगरपालिकाको पटाङ्गीनीमा दोस्रो अन्तरपालिकास्तरीय भलीबल प्रतियोगीता सुरु भएको छ ।
शहिद पुर्ण स्मृती प्रतिस्ठानको आयोजनामा भएको लिल्ला ब्यापी भलीबल प्रतियोगीताको उद्यघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एंवम जिल्ला खेल्कुद विकास समितीका अध्यक्ष दिपक सिजापती ले दैलेख जिल्लामा खेलकुदको बिकास भईरहेको र दुल्लुमा पनि यसको बिकासको लागी भलिबल प्रतियोगीता गरेको मा सहिद पुर्ण स्मृति दुल्लुलाई धन्यवाद दिदै दैलेख जिल्लामा खेलकुदको विकास गर्नमा सबैको ध्यान पु¥याउन आवश्यक देखीने कुरा बताउनुभको छ ।
भलीबल खेलमा दैलेखका नारायण नगरपालीका र नौमुले गाउँपालिका बाहेक ९ वटा स्थानिय तहको सहभागीता रहेको छ । आइतबार भएको पहिलो दिनको खेलमा गराँस गाउँपालिका ,डुङ्गेश्वर गाउँपालिका, भगवतिमाई गाउँपालिका, भैरबी गाउँपालिका, महाँबु गाउँपालिका र ठाँटिकाध गाउँपालिकाले खेलेका छन् । भने पहिलो दिन भएको खेलमा गराँस गाउँपालिकालाई पछाडी पार्दै डुङ्गेश्वर ले जित हासिल गरेको छ । भैरबीलाई पछाडी पार्दै भगवतिमाई गाउँपालिको टिमले जित हासिल गरेको छ यस्तै महाँबु गाउँपालिकाको टिमलाइ पछी पार्दै ठाटिकाँध गाउँपालिकाले जित हासिल गरेको छ । भने आठबिस नगरपालिकालाइ चामुण्डा बिन्द्रासैनी नगरपालिका जितेको छ ।
असोज १४ गते आइतबार देखी सुरु भएको खेल असोज १६ गते मंगलबार सम्म चल्ने आयोजक ले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *