समाजमा भईरहेको बलात्कार कसरी रोक्ने

 

सुनिलकुमार लो

एक महिना भित्र कैलाली(कञ्चनपुर क्षेत्रमा दर्जन भन्दा बढि बलात्कारका घटनाहरु घटेका छन । कतिपय घटनाहरुमा दोषी पत्ता लागिसकेको छ भने कतिपय घटनामा अहिलेसम्म दोषीको कुनै अत्तोपत्तो छैन । दुईहप्ता अघि उखुबारीमा मृत भेटिएकी महेन्द्रनगरका निर्मला पन्तका हत्याराहरु यो लेख लेख्दा सम्म पत्ता लाग्न सकेको छैन । यस घटनालाई लिएर सडकदेखि सदन सम्म आन्दोलन भईरहेको छ । दोषी उपर कडा कार्वाही गर्नुपर्ने माग राख्दै अहिलेसम्म आन्दोलन चलिरहेको छ । दोषी उपर कडा कार्वाही हुनुपर्ने माग जायज हो । तर कार्वाही गरेर मात्र हाम्रो समाजमा बलात्कार जस्तो जघन्य अपराधलाई कम गर्न सकिन्छ त रु नेतृत्वमै बसेका कतिपय व्यक्तिहरुले बलात्कारीलाई मृत्युदण्डको व्यवस्था हुनुपर्ने भन्दै माग गरेपछि यस सवालले राष्ट्रिय रुपमा वहसको रुप लिदै गएको समेत देख्न सकिन्छ । के मृत्युदण्ड दिदा समाजमा बलात्कार कम हुन्छ त रु के मृत्युदण्ड दिने कानून भएको देशमा बलात्कार बन्द वा कम भएको छ त रु तर तथ्यांकहरुले मृत्युदण्डको सजायँ हुने देशमा समेत बलात्कारका घटनाहरुमा कमि भएको देखिदैन । त्यसैले जन्मकैदको वर्तमान व्यवस्था उपयुक्त देखिन्छ । तर समाजमा किन बलात्कार बढिरहेको छ रु भन्ने कुरालाई ध्यान दिई त्यसतर्फ सुधार गर्न सके बलात्कारलाई न्यूनीकरण गर्न सकिन्छ ।
अपराधीलाई फेला पारेर कारवाही गर्नु एउटा पाटो हो ।तर नियमित रूपमा हुने गरेका अपराधलाई खालि अपराधीलाई थुन्नेतिर मात्र नभई अपराध घटाउने वातावरणतिर राज्यले ध्यान दिन जरुरी छ ।
यौन हिंसा बढ्ने कारणमध्ये सबैभन्दा महत्त्वपूर्ण कारण हो मादकपदार्थको जथाभावी बिक्री(वितरण र सेवन । दिनभरि श्रम गर्ने श्रमिक पनि दिनभरिको श्रमबाट आएको रकमको सस्तोमा मादक पदार्थ र मासु सेवन गर्छ र आफ्नो कामुकतालाई बाटोमा हिँडिरहेकी, घरमा एक्लै बसिरहेकी, मेलापात गएकी केटीहरूमाथि बलात्कार र हिंसा गर्छ । त्यसैगरी यौन उत्तेजना बढाउने विज्ञापनहरू पनि आजकल जतासुकै देखिन्छन् । टेलिभिजनको प्रचार सामाग्री , ईन्टरनेटमा छ्यापछ्याप्ती पाईने यौन दृश्यले पनि बलात्कारलाई सघाउ पुरयाएको छ । कतिपय पुरुषहरू यौन उत्तेजना बढाउने औषधीबाट पनि बलात्कारप्रति उत्साहित भएको कतिपय घटनाहरु बाहिर आएका छन तर यसमाथी सरकारको कानूनी सिकञ्जा कमजोर भएको देखिन्छ ।
नेपालमा हेरिने टेलिभिजनका च्यानलहरू, नग्न चित्रहरू, आधुनिक फिल्म प्रदर्शनहरू आदिले पनि युवाहरूमा यौन उत्तेजना फैलाउने र यौनहिंसा बढाउने काम गर्छ । अन्य मुलुकमा यस्ता फिल्म प्रदर्शन गर्दा उमेरको हद र समय तोकिदिएको हुन्छ । तर नेपालमा जस्तोसुकै दृश्य जुनसुकै बेला हेर्न पाउने परम्पराले पनि युवालाई यौन हिंसाप्रति अभिप्रेरित गरेको छ । समग्रमा यो भन्न सकिन्छ कि जुलुस र धर्नामात्र समस्याको समाधान होइन । समस्याको समाधान सरकार र राजनीतिक पार्टीले यस्ता बलात्कारका घटना किन बढिरहेका छन् भन्ने गम्भीरताका साथ सोच्न र त्यसका आधारमा ठण्डा दिमागले यौनहिंसा विरोधी नीतिहरू बनाउन जरुरी छ ।
समाजमा ईज्जत जाला ,भोलि छोरीको विवाह गर्न गाह्रो होला जस्ता गलत सोचले पनि यस्ता घटना गुपचुपमै राखिन्छन । पीडितलाई नै दोषी देखाईन्छ जसको कारणले पनि समाजमा बलात्कारका घटनाहरु बाहिर आउँदैनन र अपराधीहरुलाई हौसला मिल्दछ ।
त्यसैगरि बलात्कार घटनामा पुरुष नै संलग्न हुनुका पछाडि सामाजिक मानसिकता, पुरुष
मानसिकताले बढी मात्रामा घर गरेको हुन्छ । जसको कारण परापूर्वकालदेखि समाजमा बलात्कारका घटना भइरहेका छन्। पछिल्लो समयमा किशोरी तथा महिला सचेत हुँदै गएकाले बलात्कारजन्य घटनाको तथ्यांक बाहिर आएको हो।
घटना बाहिर ल्याउन सामाजिक सञ्जाल तथा एफएम
रेडियोजस्ता मिडियाले भूमिका खेलेका छन्। एक डेढ दशक सम्म गाउँमै मेलमिलाप गराइन्थ्यो । एकल परिवार, एउटै कोठामा सबैजना सुत्नुपर्ने बाध्यता, सूचना प्रविधिको गलत प्रयोग भएकाले पनि बलात्कारका घटना बढ्ने गरेका छन्।
मनोवैज्ञानिकहरुको विश्लेषणमा बलात्कार गर्ने समूहले जहिले पनि सानो उमेर र प्रतिकार गर्न नसक्ने
समूहलाई लक्षित गरेका हुन्छन् । सामाजिक रुपमा प्रतिकार गर्न नसक्ने न्याय
खोज्न नसक्ने बालिका, विपन्न, दलित वर्गमा बलात्कारीको नजर परेको देखिन्छ ।
विद्यालय तहदेखि बालबालिकालाई यौन शिक्षा, बलात्कारका विषयमा शिक्षा दिए,
दोषीउपर कडा सजाय व्यवस्था गरे र सजायका घटना मिडियाले उजागार गरे, प्रविधिको दुरुपयोग नियन्त्रण गर्न सके बलात्कार कमि गर्न सकिन्छ ।
नेपालमा विकसित राष्ट्रकै जस्तो प्रविधि सबैको पहुँचमा हुनु प्रविधीमा हुने गलत मनोरञ्जनको पहुँचले
यौनको विषयमा विकृति थपिँदै जानु तर यौनलाई बुझ्ने दृष्टिकोण पुरानै हुनुले यस्ता घटनालाई बढावा दिएको छ । कानुन र सजाय कमजोर रहेकाले पनि यस्तो घटना रोकिन नसकेको कतिपय जानकारहरु बताउँछन् । एक डेढ दशक अघिसम्म गरिब अभिभावकलाई आर्थिक प्रलोभनमा पारेर घटनालाई छोपछाप पारिन्थ्यो भने कतिपयले विवाह नै गरिदिने चलन थियो । परिवार तथा समाजमा महिलाले सम्मान नपाउने र उनीहरुको कुरा नसुनिने सामाजिक चलनले पनि बलात्कारलाई नजानिदो तरिकाले मलजल गरेको देखिन्छ । अर्कोतिर पुरुषमा सानैदेखि महिला कमजोर हुन् भन्ने मानसिकता विकास हुन्छ । परिवार,
समाजमा महिलाले सम्मान नपाउनु, हेलाको व्यवहार गर्नु जस्ता व्यवहारले पुरुषमा महिलाप्रति गलत भावनाको विकास हुनगई पछि गएर
बलात्कारमा सहभागी हुन पुरुषलाई हौस्याईरहेको देखिन्छ । परिवारमा महिलाको सम्मान कहिले पनि नभएको देखेको पुरुष वा महिला बलात्कार गर्ने र हुनेमा बढी देखिएको मनोवैज्ञानिकहरु बताउँछन् ।
त्यसैगरी बलात्कारमा संलग्न कतिपय पुरुष भने आफैं यौनशोषण, घरेलु हिंसामा परेका तथा मानसिक स्वास्थ्य ठीक नभएका हुने गरेको तथ्यांकहरुले देखाएका छन । यस्ता घटना हुन नदिन छोरीलाई सुरक्षित रुपमा बस्नका लागि आमाले सचेत गराउने, छोरीका लागि जोखिमयुक्त स्थान पहिचान गरी सचेत गराउन सके धेरै हदसम्म घटनालाई न्यूनिकरण गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *