सहकार्य स्थापित गर्न शुभकामना अादान प्रदान

जगतदल जनाला बिक

रेडियाे डाँडादरा एफ एम

पञ्चपुरी सुर्खेत २८असाेज ।

जनप्रतिनिधि र कर्मचारी बिचकाे सहकार्य सुमधुर बनाउने उद्देश्यले पञ्चपुरी नगरपालिकाकाे अायाेजनामा विजया दशमी ,शुभ दिपावली तथा छठ पर्वको अवसरमा अाइतबार शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न गरिएकाे छ । पञ्चपुरी नगरपालिका भित्रका जनप्रतिनिधि ,कर्मचारी ,बुद्धिजीवी ,नगर सदस्य ,सञ्चारकर्मी लगायतकाे उपस्थितिमा शुभकामना अादान प्रदान गरिनुका साथै नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटा लाई डायरी ,कलम र फुलमालाले पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापा र उपप्रमुख मुक्ति रेग्मी पुरीले स्वागत गरेका थिए ।कार्यक्रममा शुभकामना गर्दै नवनियुक्त प्रशासकीय अधिकृत हरि प्रसाद देवकोटाले अाफु पश्चिम क्षेत्रकै नागरिक भएकाले अाफु यस क्षेत्रका जनप्रतिनिधिहरु सँङ्ग समन्वय गरी पञ्चपुरीकाे हरेक विकासका लागि सकरात्मक भएर काम गर्ने बताए ।यस्तै पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले नयाँ प्रशासकीय अधिकृतलाई सक्षम,कुसल ,अाशा र भराेसाकाे बलियाे खम्बा पाएकाे बताए ।उनले प्रत्येक महिना समीक्षा कार्यक्रम गर्दा कर्मचारी ,जनप्रतिनिधिका कमी कमजोरीहरुलाइ सुध्रिने माैका हुने बताए । याे अार्थीक वर्षमा विकास निर्माणका याेजनाहरु ढिलाे सम्पन्न भएपनि अगामी अार्थीक वर्षमा याेजनाहरु समयमा सम्पन्न गर्न अाफु ,जनप्रतिनिधिले कुनै कसर नराख्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *