चौकुने बासीको बाध्यता, फोन गर्न घण्टौं पैदल धाउनुपर्ने

जगतदल जनाला बिक
रेडियो डाँडादरा एफ एम

पञ्चपुरी सुर्खेत ६ असोज ।

यो युगलाई सूचना ,सञ्चार र प्रविधि विकासको युग मानिन्छ तर पश्चिम सुर्खेतमा भने मोबाइल नेटवर्कको समस्या देखिएको छ ।
पश्चिम चौकुनेका लगाम र बेतानमा साउन महिना देखि इन्टरनेट र मोबाइल नेटवर्क राम्रो नहुँदा यहाँका बासिन्दाले ठुलो समस्या झेल्नुपरेको छ ।
कोहि आफन्त र जिल्लामा फोन सम्पर्क गर्नुर्पयो भने अग्ला अग्ला डाँडातिर धाउनुपर्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ तर यहाँको योे दैनिक कहानी र बाध्यता हो ।
राजधानी बिरेन्द्रनगर देखि करिब १सय किलोमिटर टाढा रहेको पश्चिमको चौकुने गाउँपालिकामा यो समस्या अझ बढी रहेको छ ।
फोन गर्नुर्पयो भने २ ।३घण्टा पैदल हिंडेर अग्ला डाँडामा जानुपर्ने बाध्यता रहेको चौकुने गाउँपालिका १का स्थानीय खिम बहादुर बान्तोलाले बताउनुभयो ।
विषेशगरी आफन्तलाई फोन सम्पर्क गर्नुपर्दा, ईमलईन्टर नेटको काम गर्नुपर्दा अग्ला डाँडा जानुको विकल्प नभएको स्थानीयवासी मात्र होइन जनप्रतिनिधि पनि गुनासो गर्छन् । चौकुने गाँउपालीका वडा नम्बर २का वडा सदस्य अर्जुन सिंह बिकले यसलाई स्थानिय तथा केन्द्रीय सरकारले ध्यान नदिएको बताउनुभयो् ।
अकस्मात कुनै घटना हुदा वा विरामी पर्दा अझ समस्या हुने गरेको स्थानिय उदय सावंदले बताए ।फोन गर्न डाँडा जानू भन्दा कतिपय ठाउँमा केही आपतकालिन काम परे हिंडेरै छिटो पुग्न सकिने उहांले बताउनुभयो ।फोन र इन्टरनेटको अभावमा सरकारी तथा गैरसरकारी कार्यालयहरुको सेवा पनि नराम्ररी प्रभावित हुने गरेको छ ।मोबाइल नेटवर्क नभएकै कारण कुनै ठाउँमा घटना घटे समयमा जान नसकिएको अस्थाई प्रहरी पोष्ट लगामका इन्चार्ज केश बहादुर परियारले बताउनुभयो ।उहाँले भन्नुभयो,बिशेष गरि दशैं तिहार जस्ता ठुला चाडपर्वमा बढी घटनाहरु घट्ने हुँदा पिडित उजुरी दिन हामी कहाँ आएर त्यहाँ जांदा सम्म अपराधी फरार भइसक्छन न चौकीमा यातायातका साधन छन नत सञ्चार, काम गर्न अप्ठ्यारो भएको गुनासो गर्नु भयो।
यस्तै समस्या स्थानियलाइ मात्र होइन व्यापारीलाइ पनि परेको छ ।असार महिनामा २०हजार समुहबाट ऋण लिइ रिचार्ज खरिद गरेका चौकुने गाउँपालिका वडा नम्बर २ का व्यापारी हर्क बहादुर बुढा नेटवर्क नभएका कारण रिचार्ज कार्ड बिक्री नभएपछि घाटामा परेको बताउनुभयो ।

१वर्ष बितिसक्दा सम्म पनि बनेन टावर ?

चौकुने गाउँपालिका वडा नम्बर २ लगामका भैरेलिकाँडामो नेपाल टेलिकम नमस्ते को टावर निर्माण गरेको १ वर्ष बितिसक्दा पनि अझै पुर्ण रुपमा निर्माण हुन सकेको छैन ।
लगामको सोतामा हेल्लो नेपाल को टावरले पनि काम गर्न छोडेको वर्षाैं भइसक्यो ।बेतान मा सञ्चालित स्काई र नमस्ते को टावर पनि साउन देखि प्रभावकारी रुपमा सञ्चालन नहुंदा स्थानियले सास्ती भोग्नु परेको छ । चौकुने गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहीले यहि कार्तिक महिना भित्र चौकुनेका लगाम,बेतान र रेक्चाका टावरहरुको स्तर उन्नतिका लागि गाउँपालिकाले नेपाल टेलिकम सँग समन्वय गरिरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *