बाबियाचौर खुल्ला फुटबल च्यालेन्ज कप प्रतियोगिता हुँदै

 

जगतदल जनाला बिक
रेडियो डाँडादरा एफ.एम
पञ्चपुरी सुर्खेत ८ कार्तिक ।

बाबियाचौर स्पोर्टस क्लव पञ्चपुरी ५ले तिहारको अवसर पारेर बाबियाचौर खुल्ला फुटबल च्यालेन्ज कप प्रतियोगिता २०७५कार्तिक १४देखि २०गते सम्म बाबियाचौर रङ्गशालामा गर्ने भएको छ ।जिल्लाको पश्चिमी क्षेत्रमा लुकेर रहेका फुटबल खेलाडीहरुलाइ अगाडि बढाउन र नयाँ खेलाडीलाई उत्पादन गरि राष्ट्रिय स्तर सम्म र्पुयाउनका लागि क्लवले प्रत्येक वर्ष यस्ता प्रतियोगिताको आयोजना गर्दै आएको छ ।प्रतियोगितामा प्रथम आउने टिमलाई ८०हजार ८ सय ८०, दृतिय टिमलाई २६ हजार र तृतीय आउने टिमलाई मेडल प्रमाणपत्र र सम्मान गरिने आयोजक समारोह समिति तथा खेल सँयोजक पुर्ण बहादुर रावलले जानकारी दिए ।पञ्चपुरी नगरपालिका , विभिन्न सँघ संस्था ,र व्यक्ति हरुको आर्थीक सहयोगमा प्रतियोगिता सञ्चालन गरिने रावलले बताए ।
प्रतियोगिता खुला भएकोले जुनसुकै जिल्ला बाट सहभागिता जनाउन सकिने आयोजकले जनाएको छ ।

चौकुनेमा पनि प्रथम अध्यक्ष कप हुँदै ?

यस्तै चौकुने गाउँपालिकामा पनि खुला वडा स्तरीय प्रथम अध्यक्ष कप महिला,पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।युवा तथा खेलकुद बिकास समिति चौकुेनेले आयोजना गर्ने प्रतियोगितामा चौकुनेका १देखि १०वडा सम्मका टिमहरु सहभागी हुनेछन् । यहि कार्तिक १७गते देखि वार्ड स्तरीय खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।पतियोगिता कहाँ गर्ने र बिज्येतालाइ कति पुरस्कार दिने भन्ने समितिको आज बस्ने बैठकले तोक्ने समितिका सँयोजक खड्क थापाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *