कुलो निर्माणमा आफै जुटे बोलावासी

जगतदल जनाला बिक

रेडियो डाँडादरा एफ एम

पञ्चपुरी,सुर्खेत ८ कार्तिक ।

चौकुने गाउँपालिका वडा नम्बर २ बोलाका स्थानीयहरू कुलो निर्माणमा जुटेका छन् । पहिरोले क्षति पु¥याएपछि दुई वर्षदेखि अवरुद्ध भएको कुलो निर्माणका लागि स्थानीयले श्रमदान गरिरहेका छन् ।

सरकारको भर पर्दा दुई वर्षसम्म पनि कुलो पुनर्निर्माण नभएपछि स्थानीय नागरिक आफै कुलो निर्माणमा जुटेका हुन् । धान, गहुँ र मकैको उब्जनीका लागि उर्वर भूमि भए पनि बस्तीमा पानीका मुहानसमेत छैनन् । विगतदेखि खानेपानीका अभाव पनि त्यति नै छ । गाउँदेखि तलपट्टि कर्णाली नदी छ, त्यहींको दूषित पानी पिउन बाध्य छन् त्यहाँका स्थानीय ।
लगामको बेदखोलीदेखि करिब पाँच किलोमिटरबाट बोलाका लागि कुलो निर्माण गरिएको थियो । विगत दुई वर्षदेखि सिँचाइको कुलो वर्षात्का कारणले अवरुद्ध हुनपुग्यो । कुलो पहिराले पुरिएपछि त्यहाँका करिब दुई सय ५० घरधुरीलाई कृषिमा प्रत्यक्ष असर पुगेको छ । साविकका गाविस, जिविस र विभिन्न संघ–संस्थाहरूले विगतमा बजेट हाले पनि गुणस्तरीय काम नगरी झारा टार्ने काम गर्दा त्यहाँका बासिन्दाले वर्षौंसम्म पनि राम्रो उब्जनी गर्न सकेनन् ।
आफ्नो पार्टी नजिकका व्यक्तिलाई समितिको अध्यक्ष बनाउने, बजेट पूरै खर्च नगरी दुरूपयोग गर्ने प्रचलनले गर्दा कुलो निर्माण हुन नसकेको आरोप स्थानीयवासीले लगाएका छन् । बारम्बार सम्बन्धित निकायसँग माग गर्दासमेत कसैले वास्ता गरेनन् । सिँचाइका लागि पानी नभएपछि कृषि उब्जनी हुनै छाड्यो । जसले गर्दा स्थानीय आफै श्रमदानमार्फत् कुलो निर्माणमा जुटेका हुन् ।
स्थानीय शौराम बुढाले आफ्ना लागि आफै श्रमदानमा खटिएको बताए । उनले कुलो अपरिहार्य भए पनि सम्बन्धित निकायबाट काम नभएपछि आफू अघि सर्नुपरेको जनाए । स्थानीयले एक सातादेखि दैनिक कुलो खन्ने काम गरिरहेका छन् । ‘दैनिक ८०÷९० जनाको उपस्थितिमा नौ दिनसम्म कुलो खन्यौं । अब दुई–तीन दिनमा पानी खेतसम्म पु¥याउने लक्ष्यका साथ काम गरिरहेको स्थानीय मिनबहादुर तिरुवाले बताए । गाउँपालिकाबाट बजेट विनियोजन गर्दा पनि उपेक्षा गरिएको बोलावासीको गुनासो छ ।
यता चौकने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले कुलो निर्माणमा गाउँपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले स्थलगत निरीक्षण गरेर आवश्यक बजेट विनियोजन गर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *