सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

 

रेडियो डाँडादरा एफ एम
पञ्चपुरी ,सुर्खेत २३ मंसिर ।

पञ्चपुरी नगरपालिकाको आर्थीक वर्ष २०७४)०७५ को सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार बाबियाचौरमा सम्पन्न भएको छ ।पञ्चपुरी नगरपालिका स्तर बाट दिइने सेवा सुबिधा बारे जवाफदेहिवक्ताले आम नागरिकले सोधेको पश्न तथा जिज्ञासामा पञ्चपुरी नगरपालिका १देखि ११ नम्बर वडाका अध्यक्षहरु,प्रमुख ,उपप्रमुख,प्रमुख प्रसासकीय अधिकृत लगायतले जवाफ दिएका थिए ।उपस्थित नागरिकहरुले योजना सम्बन्धि तालिम,गोष्ठीहरु नहुँदा उपभोक्ता समितिलाई काम अन्यौल भएको बताएका थिए।यस्तै पञ्चपुरी ५का नवल सिंह देउवाले योजनाको स्टीमेट इन्जिनियरले अङ्ग्रेजीमा लेखिदिंदा अन्यौलमा भएको र स्टिमेट नेपाली भाषामा पनि बनाउन माग गरेका थिए । पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले गत साल पञ्चपुरी नगरपालिकाले ५०६ वटा योजना मध्य ४८० योजनाहरु नगरपालिकाले मापदण्ड अनुसार काम समापन गरेको र २६ वटा योजनाहरु काम नभएको हुँदा नगरपालिकामा स्थगित भएको बताए ।साथै आर्थीक वर्ष २०७४.७५ को सामाजिक परीक्षण पनि कार्यक्रम पनि गरिएको थियो।कार्यक्रमको सहजिकरण सक्रिय परामर्श सेवा प्राड्डली बिरेन्द्र नगरका मनहरी ढकालले गरेका थिए ।नागरिकलाई सलर ,सहज र छिटो तरिकाले कसरी दिन सकिन्छ त्यसरी नै नगरपालिकाले सेवा सुबिधा दिने सरोकारवालाहरुले प्रतिवद्दता समेत जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *