कालिकोट, ५ पुस ।
नरहरीनाथ गाउँपालिकामा रहेका अभियान्ता तथा मुख्य अभिकर्ताहरुलाई मानव अधिकार र अविभेदसम्बन्धी तालिम दिइएको छ ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ शाखा कार्यालय कालिकोटद्धारा संचालित साझा आवाज कार्यक्रमको आयोजनामा स्थानीय अभिकर्ताहरुलाई तीन दिने तालिम लालुमा दिइएको हो । तालिममा पालिका स्तरमा रहेका युवा क्लव, आमा समुहका प्रमुख तथा प्रतिनिधिहरुका साथै सामाजिक अभियान्ता र अधिकार कर्मीहरुगरी २६ जनाको सहभागिता रहेको थियो । तालिममा मानव अधिकार, जातिय विभेद, जातिय भेदभाव विरुद्धको हक अधिकार, स्थानीय सरकारको भूमिका, न्यायिक समितिको कार्यक्षेत्र लगायतका विषयमा चर्चा गरिएको थियो । यसका साथै नेपालको संविधान, जातिय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन, मौलिक हकका बारेमा तालिममा छलफल गरिएको साझा आवाजका कालिकोट जिल्ला संयोजक बिर तिरुवाले जानकारी दिए । उनका अनुसार तालिमका सहभागीहरुलाई समाजमा हुने जातिय छुवाछुतका घटनालाई कसरी न्यूनिकरण गर्ने र आगामीदिनमा ती घटनाहरु दोहोरीन नदिन के कस्ता गतिविधि सञ्चालन गर्ने भन्ने बारे प्रशिक्षण गरिएको थियो । तालिमका एक सहभागी पंख वहादुर वोहोराले तालिमपछि मानव अधिकार, स्थानीय निकायको भूमिका, मौलीक हक, जातिय भेदभाव तथा कसुर सजाय ऐन २०६८ का बिषय आफूहरु प्रष्ट हुने मौका पाएको बताए । तालिमको उद्घाटनमा प्रमुख अथिति तथा वडा नं ८ का अध्यक्ष लागे विष्ट जातिय विभेद विरुद्ध तथा मानव अधिकार उल्घनका घटना हुन नदिनका लागि मानव अधिकार तथा अभिभेद सम्वन्धि तालिम संचालन गरेकाले नरहरीनाथ गाउपालिकामा जातिय विभेद तथा मानव अधिकार उल्घनका घटना न्युनिकरण हुनेमा विश्वास व्यक्त गरे । उनले नहरीनाथ गाउपालिकामा जातिय विभेद न्यनिकरण गर्न तथा मानव अधिकार उल्घनका घटनाहरु न्यनिकरण गर्नका लागि गाउपालिका तथा स्थानीय सम्पूर्ण निकाय प्रतिवद्ध भएर लागिपर्ने बताए ।