जेष्ठ नागरिकलाई फाइबर सिरक

 

जगतदल जनाला बिक
पञ्चपुरी ,सुर्खेत ३माघ ।

जेष्ठ नागरिकलाई बिहिवार फाइबर कम्बल बितरण गरिएको छ।पञ्चपुरी नगरपालिका वडा नम्बर ४ ले आर्थीक वर्ष २०७५.७६ बीस हजार बजेटमा चौध जना जेष्ठ नागरिकलाई कम्बल बितरण गरि सम्मान गरिएको हो । सरकारले जेष्ठ नागरिक भत्ता दिएपनि यसरी वडाले जाडोमा कम्मल दिएपछि जेष्ठ नागरिकहरु खुसी भएका छन् ।यस्तै काम गर्न हिंड्न डुल्न नसक्ने अवस्थामा वडाले पनि यसरी जेष्ठ नागरिकलाई प्रत्येक्ष सहयोग पुग्ने योजना ल्याइ सम्मान गरेपछि आफुले जिताएका जनप्रतिनिधिलाई जेष्ठ नागरिकहरुले धन्यवाद दिएका छन्।पञ्चपुरी नगरपालिका वडा नम्बर ४का वडा अध्यक्ष प्रेम बहादुर शाहीले सुरुवातीको यो वर्ष कम बजेटमा जेष्ठ नागरिकहरु मध्ये पनि अपाङ्ग ,गरीब ,दलित,महिलाहरुका लागि १४जनालाई भए पनि आगामी वर्षमा सम्पूर्ण जेष्ठ नागरिकलाइ यस्ता कार्यक्रम ल्याउने उनले बताए । सरकार बाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ताले मात्र जेष्ठ नागरिकका आवश्यकता पूरा नहुने भएकोले सम्मान गर्नुपर्ने परम्परा बसाल्न कार्यक्रमले सहयोग गरेको  शाहीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *