झुन्डिएको अवस्थामा फेला पर्याे एकजाेडी

 पञ्चपुरी, सुर्खेत माघ ५ । 
सुर्खेतको पश्चिम पञ्चपुरी नगरपालिका वडा नम्बर ९ मा एक जाेडीकाे झुन्डिएको अवस्थामा लास भेटिएकाे छ ।पञ्चपुरी नगरपालिका वडा नम्बर ९ लाल बहादुर दमाईका छाेरा वर्ष २१का हस्त दमाई र साेहि वडाका राम बहादुर दमाईकि छाेरी वर्ष १९ कि धनसरी दमाई अात्महत्या गरि झुन्डिएको अवस्थामा शनिबार भेटिएका छन् ।इलाका प्रहरी कार्यालय बाबियाचाैरका अनुसार एक दुई दिन अगाडि नै अात्म हत्या भएकाले लास सड्न लागेकाे बताइएको छ ।प्रहरी कार्यालयलाइ साढे ११ बज् मात्र जानकारी भएकाेले उक्त घटनास्थललाइ प्रहरीले सुरक्षित राखेकाे छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाट प्रहरी निरिक्षक सहितको टोली घटनास्थल अाउन लागेकाे बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *