पर्यटन व्यवसायमा सम्भावना र चुनौती

दिपक जैसी 

वास्तवमा नेपालको परिपेक्षमा आर्थिक सम्वृद्धिको मेरुदण्ड रुपमा पर्यटन व्यवसायलाई नै लिईन्छ,विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य रुपमा परीचित नेपाल जहा नेपालीको स्वाभिमान जोगाउने राष्ट्रकै एक महत्वपूर्ण प्राकृतीक सम्पदाले एकदमै धनी नेपाली प्राकृतिक सौन्दर्यता स्वास्छ हावा पानिह राभरा वनजङ्खल कलकलाउदा खोलानाला ताल तलैयाका साथकुहुकुहू कोइलिको आवाज डाँफे मुनाल साथमा लालीगुरासले मनमोहक तुल्याउने प्राकृतिक स्पर्सका लागी मनका वह बिसाउने चौतारीहरुका खानी प्राकृतिक सौन्दर्यता जैविक विभिधता बहुजातिय बहुभाषिय, सामाजिक, नैतिक, ऐतिहासिक, साँस्कृतिक सम्पदाले भरीपूर्ण बिश्वपर्यटनका लागी अग्र स्थानमा रहेको सर्वोच्च सिखर सगरमाथा, बुद्ध जन्मस्थललुम्बिनी, पबित्रर्धािमक स्थल पशुपतिनाथ, जनकपुरधाम लगाएत मनमोहक दृस्य रहेका छन् ।
नेपालमा पर्यटनका लागीथुप्रै सम्भावना छन् तर ती सम्भावनालाई मुर्तरुप दिन कठिन चुनैती समेत रहेका छन्भने स्रोत र साधन पुर्वाधार निर्माणमा सरकार लागी पर्नु पर्ने हुन्छ । नेपालको धरातलिय तथा जलवायु विविधता मनोरञ्जनात्मक प्राकृतिक सुन्दरतालाई पर्यटक सामु चिनाउनु नै नेपालको आधारसिला पर्यटन व्यवसायहो ।पर्यटन व्यबसायको विकास र प्रवर्द्धनका लागि पर्यटन सँग सम्बन्धित व्यवसायिक क्षेत्रहरु र पर्यटकी यस्थलहरुको प्रचार प्रसार सुधार तथा विकास र प्रवर्द्धनका लागी सहकार्य गर्नु पर्दछ ।
नेपालमा पर्यटकका लागी¥यापटिङ्ख प्याराग्याईडिङ्ख, साईकिलिङ्ख, म्याराथुन, स्काई ड्राईभिङ्ख,वन्जिजम्प, ट्रेकिङ्ख लगाएत खेलहरु पछिल्लो समयमा लोकप्रियबन्दै गईरहेका छन् यसको निरन्तरता सम्वर्धन र प्रबन्धनका लागी राम्रो गुरु योजनाबनाउनआवस्यक छ । तसर्थ पर्यटन क्षेत्रको सम्भावनालाई अधि बढाउनका लागी चिन्तनसिल भएर राज्य र जनतालाग्न जरुरी छ त्यसमापनि सामाजिकविविधताएवं ऐतिहासिक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण नेपाललाई विश्वपर्यटन मान चित्रमा प्रमुख पर्यटकीय स्थलहरुलाई बिश्वसामु चिनाउनका लागी तपाई हामीहरु लागी पर्नु पर्ने हुन्छ ।नेपाल सरकारले गरेको पर्यटन सम्वन्धि नयाँ पर्यटकीयगन्तव्यहरू,संस्कृति, पर्यटन तथा नागरिकउड्डयन मन्त्रालयले घोषित कार्यक्रम मार्फत नेपालको पर्यटन प्रवर्द्धनको लागि नयाँ गन्तव्य पहिचान तथा विकास गर्न नयाँ गन्तव्यहरु सार्वजनिक गरेको छ । सरकारले घोषणा गरेका नयाँ पर्यटकीय स्थलहरुलाई अझ बलियो राम्रो व्यवस्थित वनाउनका लाग ी पर्यटनको वर्र्तमान अवस्थामा देखिएका चुनौतिहरु लाई नेपालपर्यटन वोर्डले पनिआफ्नो तर्फवाट सहजिकरणको भुमिका खेल्न जरुरी छ साथै पर्यटकहरुले नेपाली समुदायको सकारात्मक अनुभव लिएर स्वदेश फर्किने वातावरण वनाउनु पर्दछ पुर्वाधार निर्माणको क्षेत्रमा हाम्रो देश निकै पछाडी रहेको छ, पुर्वाधारको महत्वपुर्ण क्षेत्र सडक, हवाई सेवा, यातायात, होटल, रेस्टुरेन्ट, सुरक्षित स्थान, र अनुभवि राम्रो गाईडिङ्ख समेत पर्यटकलाई घुमफिरको वातावरण बनार्इ दिने त्यसका साथ कानुनि वाधा अर्चन लाई फुकुवा गरिदीने तथा आधारभुत पुर्वाधार कसरी गुणस्तरीय र परिणाम मुखी वनाउन सकिन्छ ,संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय लागी पर्नु पर्छ ।
प्रमुख आयश्रोत मानिने पर्यटन ब्यबसायले समृद्धीको गोरेटो तय हुनेछ । पर्यटन ब्यबसायलाई फराकिलो मजबुत राष्टिय तथाअन्र्तराष्टिय स्तरमा पुर्याउनको लागिराज्य सरकार सो क्षेत्रमा प्रभावकारी सैलिमा उपस्थितीभई पर्यटन मैत्रीवातावरण सृर्जना गर्ने क्षमतालाई हृदय देखी आत्मसाथ गरेको छैन त्यसका साथै ट्राभल्स कम्पनीतथा ट्रेकिङ्क र एजेन्सिको बजारीकरण संचालन तथा ब्यवसायिकप्रर्बद्धन संग प्रत्यक्ष सरोकार राख्ने निजीएजेन्सि संग एक आपसमा सवन्वय सहकार्य समेतको खा“चो रहेको छ ।हाम्रो भन्दा कमजोर भएका देशले पर्यटन बाट ठुलो उपलव्धी गरीसके र आर्थिक फट्को मारीसके तर हाम्रो राज्यले पर्यटन व्यवसाय प्रती कुनै राम्रो ठोस कदम र पहल नचाल्दा हाम्रो मुलुक प्रकृतिको खानी स्वर्गको एक टुक्रा भएर पनि प्रगतीहुन सकेको छैन नेपाली पर्यटक उद्योगलाई कसरी प्रर्वधन र संरक्षण गर्न सकिन्छ त्यसमा राज्यलागी पर्नु पर्छ तवमात्र नेपालको बिकासको अभियान सार्थक हुन्छ । नेपालमा आउने पर्यटकहरुको मानस पटलमा रहीरहेका नेपाल प्रतिको नकारात्मक सोंचलाई जरैदेखी उखेल्नु पर्दछ, तसर्थ पर्यटन सम्वन्धि बृहत अभियान चलाउन जरुरी छ । प्राकृतिक सौन्दर्यताको अनुपम रुपलाई बिश्व सामु चिनाउन तपाई हामी लाग्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *