सहिद सप्ताह को अबसरमा सदन स्तरीय खेलुकद कार्यक्रम

रेडियो डांडादरा
पञ्चपुरी ,सुर्खेत१६ माघ ।
प्रत्येक बर्ष विभिन्न कार्यक्रम गर्दै आएको बाबियाचौर माध्यमिक ईङ्गलिस बोर्डिङ्ग स्कुल ले यस बर्ष पनि सहिद सप्ताह को अबसर मा विभिन्न कार्यक्रम संचालन गरि मनाएको छ । माघ १० गतेदेखि सुरु भएको सहिद सप्ताहमा बिद्यालय मा सदन स्तरीय खेलुकद कार्यक्रम गरिएको हो । रातो, हरियो, पहेंलो र निलो सदन बिच भएका खेलकुद कार्यक्रम मा फुटबल, दौड, कबड्डि, हाईजम्प, सियो दौड, त्रिपलजम्प, नृत्य प्रतियोगिता गरिएको हो । जस मध्य प्रथम पहेँलो सदन दोस्रो निलो सदन तेस्रो रातो सदन र सान्त्वना हरियो सदन भएको बिद्यालयका शिक्षक लोकेश सिंहले जानकारी दिनुभएको छ । त्यस्तै सहिद सप्ताहको अबसरमा बिद्याज्योति माद्यामिक बिद्यालय बाबियाचौरमा पनि विभिन्न कार्यक्रम गरिएको छ । माघ १४ गतेदेखि शुरु भएको खेलमा छात्र छात्रा हरुका लागि छुट्टाछुट्टै एथलेटिक्स खेलहरु समावेश गरिएको बिद्यालय का शिक्षक मीन बहादुर रावल ले जानकारी दिनुभयो । आज समापन भएको खेलमा बिद्यालय को हरियो सदन प्रथम रातो सदन दोस्रो, पहेलो सदन तेस्रो र निलो सदन सान्त्वना भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *