पञ्चपुरीमा राप्रपाकाे नगर कमिटी गठन

रेडियाे डांडादरा

पञ्चपुरी, सुर्खेत २६ माघ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकाे पञ्चपुरी स्तरीय नगर कार्यसमिती गठन भएकाे छ । नगर कार्यसमितिकाे अध्यक्षमा अाेम प्रकाश भण्डारी ,उपाध्यक्षमा कर्ण बहादुर थापा,सचिवमा शेर बहादुर तारामी,काेषाध्यक्षमा पदम तारामी,सहसचिवमा मान बहादुर भण्डारी र सदस्यमा केशर सार्की,मायां भण्डारी ,बन्देवी बिक,धनमाया बुढा सर्वसम्मत चयन भएका छन् । राप्रपाको पञ्चपुरीमा कार्यकर्ता भेटघाट तथा भेला कार्यक्रमलाई सम्बाेधन गर्न पुगेका राप्रपा जिल्ला कार्यसमिति सुर्खेतका उपाध्यक्ष इश्वर कुमार श्रेष्ठले राष्ट्रियताको संरक्षणका लागि पार्टी संगठन सुदृढीकरण गर्न अावश्यक रहेकाे बताए ।पार्टी मिल्ने र फुट्ने अवस्थाले जनमानसमा राप्रपा प्रतिकाे विस्वासमा कमी अाएकाे बताए ।जनताकाे मन जित्न सुसासन,पार्दशिताका साथ काम गर्न कार्यकर्तालाई सुझाव दिए । यस्तै राप्रपा क्षेत्र नम्बर २का अध्यक्ष असाेक थापाले राप्रपा कुनै धर्म र जाती बिराेधी नभएको बताए ।राप्रपाले राष्ट्रकाे स्वाभिमान र गरीमालाइ बचाउन अावाज मात्र उठाएकाे दावी गरे ।कार्यकर्ताले अग्रज पंक्तिका नेतृत्वले स्थानीय स्तरका जनता सम्म पुगी राप्रपाको उद्देश्य र याेजनाका बारेमा जानकारी दिनु पर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *